बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भारतको सहयोगमा दक्षिणकालीस्थित चम्पादेवी माविको पुनर्निर्माण कार्य सुरु

भारतको सहयोगमा दक्षिणकालीस्थित चम्पादेवी माविको पुनर्निर्माण कार्य सुरु

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १२ २०७७

  • 3.5K
    SHARES

  • भारतको सहयोगमा दक्षिणकालीस्थित चम्पादेवी माविको पुनर्निर्माण कार्य  सुरु

    काठमाडौँ- दक्षिणकालीस्थित श्री चम्पादेवी माध्यमिक विद्यालयको पुनर्निर्माण कार्य सुरु भएको छ ।

    भारत सरकारको सहयोगमा पुननिर्माण सुरु भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृत विभागका प्रमुख नवीन कुमार तथा दक्षिणकाली नगरपालिकाका मेयरले विद्यालयको पुनर्निर्माण कार्यका लागि संयुक्त रुपमा भूमि पूजन गरेर शुभारम्भ गरेका हुन् ।

    ६ करोड ८५ लाख रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको चम्पादेवी मावि नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुने जनाइएको छ । नवनिर्मित संरचनामा दुइवटा ब्लकहरु रहनेछन् जसमा १३ वटा कक्षा कोठा, अभ्यास कक्ष, प्रशासनिक कक्ष, पुस्तकालय, साथै प्रत्येक तल्लामा छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना रहनेछन् ।

    यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्ने जनाइएको छ । शिक्षाको क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण हुने यो ६६ औं विद्यालय हो ।

    देशका ८ जिल्लामा कूल ७१ शैक्षिक संस्थाहरुको पुनर्निर्माण हेतु भारत सरकारले ५ करोड अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

    यो बाहेक स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २० करोड आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि गरिसकेको छ ।

    २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माणका लागि भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको जनाएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १२ २०७७०५:०६:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend