काठमाडौं – शुक्रबार नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
शुक्रवार प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
शनिवार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आईतवार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको हुँदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।