काठमाडौं – गुल्मी जिल्लामा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रेसुंगा नगरपालिका–१४ का ४७ वर्षीय एकराज पोखरेल, २८ वर्षीया शान्ति नेपाली र २७ वर्षीया गोमा नेपाली छन् ।
गुल्मीको सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका–१४ रातामाटा पराल्मीतर्फ जाँदै गरेकोे लु१ज १९८८ नम्बरको जीप बुधवार साँझ दुर्घटनामा परेको छ ।
एकराजको घटनास्थलमै मृत्यु भएको थियो भने शान्ति र गोमाको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेयले बताए ।
घटनामा परी अन्य ८ जना घाइते भएका छन् । घाइतेमध्ये पराल्मीका २२ वर्षीय भरत पोखरेल र ३७ वर्षीय वीरबहादुर सूर्यवंशी गम्भीर घाइते भएका जनाइएको छ ।
घाइतेलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ । रेनपा–१४ कै ३७ वर्षीया गोमा नेपाली, ६६ वर्षीय देवबहादुर नेपाली, २७ वर्षीया प्रकाश नेपाली र उनका ४ वर्षीय छोरी खुसी नेपाली मध्यम घाइते भएका छन् भने अन्य २ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जीप सडकभन्दा करीब ६०० मिटर तल खसेर दुर्घटना भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।