बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

श्रीमद् भागवत पुराणलाई नेपालीमा अनुवाद गर्ने उदयचन्द्र वशिष्ठको निधन 

श्रीमद् भागवत पुराणलाई नेपालीमा अनुवाद गर्ने उदयचन्द्र वशिष्ठको निधन 

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ३ २०७७

  • 5.7K
    SHARES

  • श्रीमद् भागवत पुराणलाई नेपालीमा अनुवाद गर्ने उदयचन्द्र वशिष्ठको निधन 

    गाङ्‌गोट - संस्कृत भाषामा रहेको श्रीमद् भागवत महापुराणलाई नेपालीमा अनुवाद गर्ने उदयचन्द्र वशिष्ठको निधन भएको छ । उनको पूर्वी सिक्किमस्थि हेनोकको टर्पिनमा रहेको आफ्नै निवासमा १२ फेब्रुअरीमा निधन भएको इस्ट मोजोले जनाएको छ । 

    सन् २०१० देखि पटक-पटक हृदयघातको सामना गर्दै आएका वशिष्ठको ९१ वर्षको उमेरमा निधन भएको हो । उनी डिमेन्सियाबाटसमेत पीडित थिए । उनको अन्त्येष्टि उनका दुई छोराहरु डा. भरतचन्द्र वशिष्ठ र फोरेस्टर शेखरचन्द्र वशिष्ठले पूर्वी सिक्किमको रोराथाङ नदी किनारमा गरेका हुन् । 

    उनले नेपाली साहित्यको क्षेत्रमा ठूलो योगदान गरेका छन् । सन् १९३० मा जनवरी १ मा जन्मिएका थिए । उनी स्कटिश मिसन विद्यालयमा कक्षा ४ र ५ बढेका थिए । उनले आफ्नो विद्यालय तहको पढाइसकेपछि थप पढ्न पाएनन् । पछि उनले ठूलो संघर्ष गर्दै वराणासी गएर थप अध्ययन गरेका थिए । 

    उनले सन् १९६५ देखि ६७ सम्म नाम्ची माध्यमिक विद्यालयको प्राध्यानाध्यापक भएका थिए भने १९६८ देखि ६९ सम्म पेनडा माध्यमिक विद्यालयको प्राधानाध्यापक भएर काम गरेका थिए । उनलाई नेपाली, हिन्दी, संस्कृति र अंग्रेजी भाषाको राम्रो ज्ञान थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण ३ २०७७०३:००:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend