बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंमा विज्ञहरुको चर्चा– ढुक्क भएर कोभिसिल्ड लगाउनुहोस

काठमाडौंमा विज्ञहरुको चर्चा– ढुक्क भएर कोभिसिल्ड लगाउनुहोस

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ३ २०७७

  • 4.1K
    SHARES

  • काठमाडौंमा विज्ञहरुको चर्चा– ढुक्क भएर कोभिसिल्ड लगाउनुहोस

    काठमाडाैँ - स्वास्थ्य क्षेत्रका विज्ञहरुले भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड–१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले ढुक्क भएर सो खोप लगाउन सुझाव दिएका छन् । उहाँहरुले कोभिसिल्ड अन्य १६ बटा मुलुकहरूमा पनि प्रयोग भइरहेको एवं सुरक्षित र प्रभावकारी भएकोले कोभिसिल्ड ढुक्क भएर लगाउन सुझाव दिएका हुन् ।

    कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोभिसिल्ड खोपको गुण्स्तरीयता, भण्डारण गर्दा अपनाइएको मापदण्ड, उत्पादन क्षमता र न्यून आय भएकाले पनि खरीद गर्न सक्ने मुल्यको आधारमा नेपालमा मान्यता दिइएको बताए। उनले भारतमा बनेको सेरम इन्सिच्युटले उत्पादन गरेको कोभिसिल्डले सम्पुर्ण मापदन्डको आधारमा सबभन्दा प्रभावकारी खोप मध्येको एक रहेको प्रामाणिकता प्राप्त गरेपछी नेपालमा प्रयोगका लागि स्वीकृत गरिए प्रष्ट पारे।

    त्यस्तै, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरलले कोभिसिल्ड खोप तेस्रो चरणको परीक्षण सकेर मात्र नेपालमा अनुमति दिइएको बताए। उनले थपे,‘ कोभिसिल्ड ठुलो जनसंख्यामा परीक्षण गरिएको हुनाले सुरक्षित छ र सस्तो भएको हुनाले पनि यो सबैभन्दा राम्रो खोप हो।'

    कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्माले कोभिसिल्डले कतिपय अवस्थामा नयाँ प्रजातिको कोरोना भाइरसलाई पनि जित्न सफल भएको बताए।

    उनले भने,‘मित्ररास्ट्र भारतले अनुदानमा दिएको कोभिसिल्ड खोप १४ भन्दा बढी मुलकमा प्रयोग भइरहेको छ, सबै खाले सुरक्षा र प्रभावकारिता सम्बन्धि परीक्षणमा सफल रहेको छ र गुणस्तरको आधारमा नेपाल सरकारले छनौट गरेको हो।' उनले कोभिसिल्ड खोपलाई विश्व स्वास्थ्य संगठन (डाब्ल्यु एचओ)ले सुचीकरण गर्ने सुनिश्चित रहेको पनि बताए। 

    त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बस्तोलाले कोभिसिल्ड खोपमा कुनै शंका नगर्न अनुरोध गरेका छन्। उनले थपे,‘ थुप्रै महाशक्ति राष्ट्रहरुले खोप खरिदको लागि तयारी गरेको देख्दा नेपालमा खोप आउछ भन्ने विश्वास लागेको थिएन तर मित्र राष्ट्र भारतले उत्पादन गरेपछि नेपालमा खोप आउन सम्भाव भयो।' उनले कोभिसिल्ड खोप ९० प्रतिशत प्रभावकारी देखिएको बताए। उनले भने,‘खोप लगाएर कोरोना संक्रमण भएपनि मानिस सिकिस्त हुँदैन।'

    कार्यक्रमको समापन गर्दै मंचका अध्यक्ष रामप्रसाद न्यौपानेले भारतले कोभिसिल्ड उपलब्ध गराएकोमा धन्यवाद दिदै सबैलाई सो खोप लगाउन आग्रह गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण ३ २०७७०२:५७:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend