बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कर्णालीका मुख्य न्यायाधीवक्ताले दिए राजीनामा

कर्णालीका मुख्य न्यायाधीवक्ताले दिए राजीनामा

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २ २०७७

  • 5.3K
    SHARES

  • कर्णालीका मुख्य न्यायाधीवक्ताले दिए राजीनामा

    काठमाडौं – कर्णाली प्रदेशका मुख्य न्यायाधीवक्ता विद्याभूषण मानन्धरले आईतबार पदबाट राजीनामा दिएका छन् ।

    मानन्धर २०७४ चैत्र २८ गते मुख्य न्यायाधीवक्ताको पदमा नियुक्त भएका थिए ।

    राजीनामा घोषणापछि मानन्धरले भने, ‘आफ्नो पदीय जिम्मेवारीमा रही २ वर्ष १० महिनाको ऐतिहासिक कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा मैले आफूलाई गौरवान्वित ठानेको छु ।’

    मानन्धरले जिम्मेवारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारप्रति सामाजिक सञ्जाल फेसबुकमार्फत आभार व्यक्त प्रकट गरेका छन् । उनले आफ्नो निजी कार्यव्यस्तताका कारण आफूले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने भएकाले पदबाट राजीनामा दिएको जनाएका छन् ।

    मानन्धरलाई पूर्व प्रदेश प्रमुख दुर्गाकेशर खनालले नियुक्त गरेका थिए । २०५२ सालदेखि अधिवक्ता भएर काम थालेका मानन्धर मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुनरावेदन आयोग सदस्य, नेपाल बार एसोसिएसन उच्च अदालतका सदस्य पनि रहेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २ २०७७०७:१४:०७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend