आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

न्यायपालिकाले आफ्नो विवेक प्रयोग गरेर संसद भङ्ग भएको विषयमा फैसला गर्नुपर्छ : कांग्रेस नेता खतिवडा

न्यायपालिकाले आफ्नो विवेक प्रयोग गरेर संसद भङ्ग भएको विषयमा फैसला गर्नुपर्छ : कांग्रेस नेता खतिवडा

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २ २०७७

  • 4.5K
    SHARES

  • न्यायपालिकाले आफ्नो विवेक प्रयोग गरेर संसद भङ्ग भएको विषयमा फैसला गर्नुपर्छ : कांग्रेस  नेता खतिवडा

    ओखलढुंगा - नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कामचलाउ कम्युनिस्ट सरकारले जनताले दिएको पाँच वर्षको अवधि पूरा गर्न नसकेर तीन वर्षमै संसद भङ्ग गरेर असक्षमता देखाएको बताएका छन् ।

    ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका– ६ फूलवारी युवा क्लब जाक्माद्वारा आयोजित खुला फुटवल प्रतियोगितालाई शनिबार सम्बोधन गर्दै खतिवडाले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारलाई ५ वर्षको अवधिमा धेरै काम गर्ने अवसर भएपनि नेकपाको आन्तरिक विवादले केही गर्न नसकेको बताएका हुन्।

    ‘ठूला–ठूला आयोजनाहरू भित्र्याउनुपर्ने अवसरहरू थियो । सरकार र नेकपा आफ्नै आन्तरिक द्वन्द्वभित्र रुमालिएर बस्यो । संसदनै विघटन गरेर गयो’, उनले भने, ‘हिजो जतिसुकै कीर्ते गरे पनि जे–जे गरे पनि जिन्दावाद भन्नेहरू आज आगोको राँको बोकेर सडकमा हिडेका छन् । यो हाम्रा लागि निकै दुर्भाग्य बनेको छ ।’

    खतिवडाले प्रधानमन्त्री ओलीले जनताको समस्या समाधान गर्नेभन्दा पनि ठूला आमसभा गरेर भाषण गर्दै हिंडेकोमा आक्रोश पोखेका छन् । ‘केपी ओलीजीले ३ वर्षको अवधिमा केही काम गर्न सकिन मुलुक बनाउन मलाई साथ दिनुस् । मेरो योजनाहरू यी छन् भनेर भन्नु हुन्छ होला भन्ने लागेको थियो’, उनले भने, ‘आमसभमा भाषण गर्दा ओलीजी प्रचण्ड र माधव नेपालको बेइज्जत गरेर भाषण गर्नुभएको छ ।’

    कांग्रेस नेता खतिवडाले भने, ‘प्रचण्ड र माधव नेपाल जन्छन् । केपी ओलीको धोती समेत फुक्लिने गरि भन्छन् । हामीलाई आश्चार्या लागेको छ । हिजो भरखरै मायामा परेको जोडी जस्तै एकै छिन नछुट्टिनेहरू आज एकले आर्कोलाई आरोप प्रत्यरोपमा बिताइरहेका छन् ।’

    ‘म त भन्छु त्यो गठबन्धननै गलत थियो । स्वर्थको गठबन्धन थियो । यो दिन आउँछ भनेर पहिलादेखि नै भन्दै आएको थिएँ’, खतिवडाले भनेका छन् । खतिवडाले न्यायपालिकाले आफ्नो विवेक प्रयोग गरेर संसद भङ्ग भएको विषयमा फैसला गर्नुपर्ने बताए ।

    ‘संविधानको ब्याख्या गर्ने अधिकार न केपी ओलीलाई छ । न प्रचण्ड । न शेरबहादुर देउवालाई छ’, उनले भने, ‘त्यो अधिकार सर्वोच्च अदालतलाई भएकोले कसैको धम्की र त्रासमा नपरी फैसला होस् ।’

    ‘संविधानअनुसार देशलाई सहि दिशातिर लानुपर्ने मान्छेहरू आज एकले आर्कोलाई आरोप प्रत्यरोपमा ब्यस्त भएको देख्दा अचम्म लागेको छ’, उनले भनेका छन् ।

    ‘देशलाई विकासको पूर्वधार गर्ने बेलामा, लगानीको वतावरण गर्नुपर्ने बेलामा, विदेशमा गएका युवाहरूलाई स्वादेशमा बोलाउनुपर्ने बेलामा, देशलाई द्वन्द्वतिर फर्काउने, आतंकित पार्ने, असहमति राख्ने मान्छेहरूलाई पक्राउ गर्दै हिंड्ने, थुन्न लाउने मुद्दा लगाउने प्रवृत्ति आपत्ति जनक हो’, उनले भनेका छन् । खतिवडाले फुटबलमा नाम, दाम र काम सबै रहेको भन्दै राम्रो खेल्ने खेलाडी भविष्य रहेको बताए ।

    संसारमै सबैभन्दा ठूलो लगानी खेलकुद भैरहेको भन्दै खतिवडाले नेपाल जस्तो राम्रो वातावरण भएको देशमा फुटबल लगायत सबै खेलहरूमा लगानी गर्न सकियो भयो विश्वको आँखा पर्ने बताए ।

    नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व केन्द्रीय सदस्य भीमकुमार गौतमले ओलीले प्रधानमन्त्रीको शपथ लिने बेला संविधान मिचेको आरोप लगाए । ‘सांसद पदको शपथ नलिएर प्रधानमन्त्री बन्नु असंवैधानिक होभन्दा सबैले टुलुटुलु हेरेर बसे’, उनले भने, ‘नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई नियुक्ति गलत होभन्दै गर्दा पनि समर्थन गर्ने । अहिले संविधानको कुरा गरेर सडकमा आएका छन् । यो उहाँहरूको नौटंकी हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०१:०१:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend