बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

आज फाट्टफुट्ट वर्षा र हिमपातको पूर्वानुमान

आज फाट्टफुट्ट वर्षा र हिमपातको पूर्वानुमान

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २ २०७७

  • 4.0K
    SHARES

  • आज फाट्टफुट्ट वर्षा र हिमपातको पूर्वानुमान

    काठमाडौं - पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा सामान्यदेखि आंशिक बदली भएको छ । 

    पश्चिमी वायुको सामान्य प्रभाव अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आईतबार देशभर दिनैभरि बादल र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    ‘देशैभर बादल लाग्ने देखिन्छ । घाम लागिहाले पनि पातलो लाग्नेछ,’ महाशाखाकी मौसमविद् गंगा नगरकोटीले भनिन् ।

    बादलसँगै कतै–कतै क्षणिक फाट्टफुट्ट वर्षा भने हुनसक्ने समेत उनले बताइन् ।

    आईतबार बिहान पौने ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २ २०७७०७:१३:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend