आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

तानाशाही कम्युनिस्टले लोकतान्त्रिक गणतन्त्र धरापमा पारे : कांग्रेस नेता महर्जन

तानाशाही कम्युनिस्टले लोकतान्त्रिक गणतन्त्र धरापमा पारे : कांग्रेस नेता महर्जन

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १ २०७७

  • 5.8K
    SHARES

  • तानाशाही कम्युनिस्टले लोकतान्त्रिक गणतन्त्र धरापमा पारे : कांग्रेस नेता महर्जन

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता, तरुण दलका पूर्व केन्द्रीय सदस्य एवं कांग्रेस केन्द्रीय खेलकुद विभाग सचिब मीनकृष्ण महर्जनले नेपाली जनताको बलिदानबाट ल्याइएको लोकतन्त्र तानाशाही कम्युनिस्टहरुका कारण धरापमा परेको बताएका छन् ।

    नेपाली कांग्रेस तरुण विभाग प्रदेश नम्वर २ ले जनकपुरमा आयोजना गरेको विचार गोष्ठीमा महर्जनले कम्युनिस्टको भर गर्न नहुने बताए । नेपाली जनतामा कांग्रेसप्रति आस्था बढ्दै गइरहेको अबस्थामा कांग्रेस नेताहरुको एकै स्वर भएर तनाशाही कम्युनिस्टविरुद्ध लाग्नुपर्ने उनको भनाइ थियो ।

    महर्जनले कांग्रेस सर्बोच्चको निर्णय पर्खिरहेको र यदि सर्बोच्च अदालतले मध्यावधि निर्बाचनलार्इ सदर गरे पनि कांग्रेस चुनाबमा जान तयार भएको, तर संसद पुनर्स्थापन भए पनि कम्युनिस्टसंग मिलेर जान नहुने महर्जनले बताए ।

    कम्युनिस्टले कांग्रेसलाई पटक पटक धोका दिएको र कम्युनिस्टहरुलाई नेपाली जनताले तिरस्कार गरिसकेको महर्जनले बताए। नेपाली जनताले पाँच बर्षका लागि प्रतिपक्षमा बस्ने जनमत दिइसकेको हुनाले पाँच बर्षसम्म दह्रो साथ प्रतिपक्षको भूमिका निभाउनुपर्ने उनको भनाइ थियो । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई नेपालको पहिलो राष्ट्रपति बनाउने पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरे पनि पछि धोका दिएकाले कम्युनिस्टसँग कहिल्यै विश्वास गर्न नहुने उनले बताए ।

    प्रधानमन्त्री केपी ओली र प्रचण्ड जस्ता कम्युनिस्ट नेताकै कारण गणतन्त्र धरापमा परेको महर्जनको भनाइ थियो । ‘चुनाबको बेलामा गिरिजाबाबु देशैभरि जानुपर्थ्यो, राष्ट्रपतिको लोभमा उहाँ घरमा आराम गरेर बस्नुभयो र परिणाम कांग्रेस सानो सिटमा खुम्चियो । अहिले पनि प्रचण्डले हाम्रा नेताहरूमध्ये कोहीलाई रास्ट्रपति बनाउने, कोहीलाई प्रधानमन्त्री बनाउने भनेर झुटको खेती गरिरहेका छन्। त्यस्तो झुटको खेतीमा कांग्रेस लाग्नु हुँदैन,’ नेता महर्जनले भने । महर्जनले आफू तराईबासीको ऋणी रहेको उल्लेख गरे ।

    ‘मुलुक संघीयतामा जानुभन्दा अगाडि पाँच बिकास क्षेत्र थियो। मध्यमाञ्चलमा १९ वटा जिल्ला थियो। २०५९ मा चितवनमा भएको तरुण दलको अधिबेशनमा म मध्यमाञ्चलबाट तरुण दलको केन्द्रीय सदस्यमा उम्मेदवार हुँदा तराईबासी अधिकांश तरुण प्रतिनिधिले मत दिएकाले म केन्द्रिय सदस्यमा निर्बाचित भएँ,’ उनले भने ।

    नेपाली जनताहरुले प्रतिपक्षमाथि प्रश्न उठाइरहँदा तरुण बिभाग र खेलकुद बिभाग सक्रिय रुपमा गतिविधि बढाएर इतिहास बोकेको कांग्रेस पार्टी चलायमान भइरहेको महर्जनले बताए। अब तरुण बिभागले तरुण दललाई निर्देशन दिएर देशैभरि तरुण युवाहरुलाई परिचालन गरी आन्दोलनमार्फत लोकतन्त्र जोगाउन लाग्नुपर्ने उनले बताए।

    कार्यक्रमका प्रमुख अतिथि प्रभावशाली केन्द्रीय सदस्य तरुण बिभाग प्रमुख पूर्बमन्त्री शंकर भन्डारी थिए । सभापतित्व तरुण बिभाग २ नम्वर प्रदेश प्रमुख रामपल्टन साहले गरेका थिए। कार्यक्रममा २ नम्बर प्रदेशका कांग्रेस जिल्ला साभापतिहरु र तरुण युवाहरुको बाक्लो उपस्थित थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend