बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

मुख्यमन्त्री कार्यालयको गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु

मुख्यमन्त्री कार्यालयको गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १ २०७७

  • 3.6K
    SHARES

  • मुख्यमन्त्री कार्यालयको गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु

    काठमाडौं – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गाडीले सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ ।

     
    २ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

    प्रदेशमा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स१ह ३०४३ नम्बरको टेम्पोलाई शुक्रवार ठक्कर दिएको थियो ।

    ठक्करबाट टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    स्कारपियो गाडी ठक्करबाट गम्भीर घाइते टेम्पो चालकलाई उपचारका लागि लहानस्थित अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

    ठक्कर दिने गाडी र चालक जनकपुरधाम उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय रविन्द्र झालाई प्रहरीले पक्राउ गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १ २०७७०८:३६:१९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend