काठमाडौं – दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर फर्किंदै गरेको जीप लमजुङको दोर्दी गाउँपालिका–६ सिमीगाउँ नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ३ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । प्रदेश ३–०१–०२२च १३८३ नम्बरको जीप बिहीवार साँझ सवा ५ बजेतिर भीरबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा आयोजनामा कार्यरत २ जना इन्जिनीयर र जीप चालकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले बताएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनीयर यदुनाथ भट्टराई, तनहुँको भानु नगरपालिका–१० घर भएका ४५ वर्षीय इन्जिनीयर जयप्रकाश लौडारी र जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका डीएसपी थापाले बताए ।
धरानको सुनसरी घर भई सुपरदोर्दी ‘ख’मा कार्यरत इन्जिनीयर सुनिलकुमार साह, दोर्दी गाउँपालिका–६ ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालयमा ७ कक्षामा अध्ययनरत १५ वर्षीया अनु घले र ६ कक्षामा अध्ययनरत १५ वर्षीया सुसना विक घाइते भएका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।