बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

बालुवाटारको जग्गा घोटालामा मुछिएका यी मुख्य अभियुक्त थुनाका लागि जेल चलान

बालुवाटारको जग्गा घोटालामा मुछिएका यी मुख्य अभियुक्त थुनाका लागि जेल चलान

  • मिडिया डबली
  • बुधवार, माघ २८ २०७७

  • 4.6K
    SHARES

  • बालुवाटारको जग्गा घोटालामा मुछिएका यी मुख्य अभियुक्त थुनाका लागि जेल चलान

    काठमाडौं – प्रधानमन्त्रीको निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त डा. शोभाकान्त ढकाललाई विशेष अदालतले थुनाका लागि जेल चलान गरेको छ ।

    बुधवार न्यायाधीश अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता पुष्पराज पाण्डेयले बताएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरुद्ध ३९ करोड २८ लाख रुपैयाँ बिगो मागदाबीसहित २२ माघ २०७६ गते मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    ललिता निवास जग्गा प्रकरणमै ढकालकी पत्नी उमाकुमारीलाई विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् । ढकालसँग अख्तियारले ९१ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरेको छ ।

    पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनेको छानबिन समितिले उनको नामै किटेर कारबाही गर्नुपर्ने सुझाव दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २८ २०७७०८:२५:५८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend