बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

झोलामा झण्डै २२ लाख रुपैयाँ बोकेर सडकमा डुलिरहेका व्यक्ति पक्राउ

झोलामा झण्डै २२ लाख रुपैयाँ बोकेर सडकमा डुलिरहेका व्यक्ति पक्राउ

  • मिडिया डबली
  • सोमवार, माघ २६ २०७७

  • 6.5K
    SHARES

  • झोलामा झण्डै २२ लाख रुपैयाँ बोकेर सडकमा डुलिरहेका व्यक्ति पक्राउ
    फाइल तस्वीर

    काठमाडौं – झोलामा झण्डै २२ लाख रुपैयाँ बोकेर सडकमा डुलिरहेका एक व्यक्ति रौतहट जिल्लाबाट पक्राउ परेका छन् ।

    गौर नगरपालिका–४ बसपार्क नजिकैको सडकबाट परोह नगरपालिका–१ जिँगडवा वेलविछुवाका २७ वर्षीय मोहमद दिलसाद आलम स्रोत नखुलेको नगदसहित सोमवार पक्राउ परेका छन् ।

    रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले स्कुटरमा सवार आलमको साथबाट २१ लाख ९० हजार रुपैयाँ बरामद गरिएको जानकारी दिए ।

    उनका अनुसार १ हजार दरका १ हजार ८१० नोट, ५०० दरका ४८०, १०० दरका ३००, ५० दरका १ हजार ८००, २० दरका ९०१ र १० दरका २०० नोट नगद बरामद गरिएको छ ।

    मोहमद दिलसाद आलमको नाममा ३१ लाख १६ हजार उल्लेख भएको चेक समेत बरामद गरिएको डीएसपी श्रेष्ठले बताएका छन् ।

    पक्राउ परेका आलमलाई आवश्यक कारवाहीका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको श्रेषठले बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २६ २०७७०६:५९:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend