काठमाडौं – सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा गोली चलेको छ ।
बैतडीमा बुवाले चलाएको गोली लागेर छोरीको मृत्यु भएको छ ।
बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिंह महराले विवाहित छोरी २० वर्षीया बेलमतीमाथि गोली प्रहार गरेर हत्या गरेका छन् ।
बेलमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । छोरीलाई गोली हानेर महरा जंगलतिर भागेका स्थानीयले जानकारी दिएका छन् ।
गोलीकाण्डको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।