बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • मिडिया डबली
  • शनिवार, माघ २४ २०७७

  • 4.1K
    SHARES

  • आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं – आज शनिबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पनि देशका केही भूभागमा हल्का वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पर्नेछ ।

    शनिबार दिउँसो १ नम्बर प्रदेशका धेरै स्थानहरू, २ नम्बर प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान रहेको छ ।

    शनिबार राति पनि प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा हुनेछ भने १ नम्बर प्रदेश, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २४ २०७७०८:१५:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend