बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओलीलाई ठूलो धक्का दिन सभामुख अग्नि सापकोटाले सर्वाेच्च अदालत पुर्‍याए यी प्रमाणहरू

ओलीलाई ठूलो धक्का दिन सभामुख अग्नि सापकोटाले सर्वाेच्च अदालत पुर्‍याए यी प्रमाणहरू

  • मिडिया डबली
  • शनिवार, माघ २४ २०७७

  • 6.0K
    SHARES

  • ओलीलाई ठूलो धक्का दिन सभामुख अग्नि सापकोटाले सर्वाेच्च अदालत पुर्‍याए यी प्रमाणहरू

    काठमाडौं – संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले शुक्रवार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    सभामुख सापकोटाले सर्वोच्च अदातलमा आफैं उपस्थित भएर रिट निवेदन दर्ता गराएका थिए ।

    सर्वोच्चमा दायर गरेको रिट निवेदनमा सापकोटाले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संवैधानिक परिषद्को कार्यालय, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नियुक्ति लिएका ३२ जना संवैधानिक निकायका पदाधिकारी र मुख्यसचिव शंकरदास बैरागीलाई विपक्षी बनाएका छन् ।

    सभामुखले सर्वोच्च अदालतबाट प्रतिपादन भएको सिद्धान्तबमोजिम संवैधानिक परिषद्को बैठकले वैधानिकता प्राप्त गर्न नसक्ने दाबी गरेका छन् ।  

    सभामुखले रिटमा संसदीय सुनुवाइ नगरीकन नियुक्तिका लागि सिफारिस भएका पदाधिकारीलाई नियुक्त गर्न नमिल्ने दाबी गरेका छन् । सम्माननीय पदको व्यक्ति तथा व्यवस्थापिका संसद्को प्रमुख संविधानविपरीत काम भयो भनेर सर्वोच्चमा आफैं पुगेको पहिलो घटना भएको कानूनविद्ले बताएका छन् ।

    सभामुखले माघ १८ गते संसदीय सुनुवाइ अगाडि बढाउन नसकिने भन्दै संवैधानिक परिषद्बाट संसद् सचिवालयमा प्राप्त भएको सक्कल कागज नै फिर्ता गरेका थिए तर माघ २१ गते पदाधिकारीलाई शपथ गराई नियुक्ति गर्ने काम गरिएको विषय संविधान कानून प्रतिकूल हुनुका साथै विगतका अभ्यासको समेत विपरीत भएको उल्लेख गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाती आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग गरी ११ वटा आयोगमा सिफारिस गरिएका ३८ मध्ये ३२ पदाधिकारी नियुक्त भई कार्यभार सम्मालेका छन् ।

    २०७७ मंसिर ३० गते बिहान बोलाएको बैठकमा सभामुख अनुपस्थित भएका थिए । त्यसपछि गणपूरक संख्या नपुगेर बैठकले निर्णय लिन सकेको थिएन । सोही दिन मन्त्रिपरिषद्को बैठक बसी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी थिइन् ।

    अध्यादेशमा ३ जनाको बहुमतले निर्णय गर्न सकिने प्रावधान राखिएको थियो । त्यसपछि सोही दिन साँझ ५ बजे संवैधानिक परिषद्को बैठक बसी ११ संवैधानिक निकायमा ३८ जनाको नाम सिफारिस गरिएको थियो ।

    यस्तै किसिमको अध्यादेश गत वैशाख ८ गते जारी भएकोमा सत्तारुढ राजनीतिक दल, अन्य विभिन्न राजनीतिक दल, नागरिक समाज, आम नेपाली जनताबाट विरोध भएपछि उक्त अध्यादेश ४ दिनपछि बैशाख १२ गते फिर्ता भएको कुराको सन्दर्भ पनि सभामुखले निवेदनमा जोडेका छन् ।  

    सापकोटाले निवेदनमा लेखेका छन्, ‘एकपटक असंवैधानिक भनी फिर्ता भएको अध्यादेश पुनः जारी गर्नु संविधानमाथिको जालसाजी भएकोले पनि संवैधानिक परिषद्ले निर्णय गर्न मिल्दैन ।’

    सभामुख सापकोटाले एकैदिन अध्यादेश जारी गरी संवैधानिक निकायमा नियुक्ति सिफारिस गर्नु सूचनाको हकको अधिकारबाट बञ्चित गरिएको उल्लेख गरेका छन् । सापकोटाले केही सार्वजनिक लिखत प्रमाणीकरणको कार्यविधि ऐन २०६३ मा भएको व्यवस्थाले प्रत्याभूत गरेको सूचनाको हक समेतको बर्खिलाप हुने गरी अध्यादेश जारी भएकै दिन संवैधानिक परिषद्को बैठक बसी निर्णय गरिएको निवेदनमा प्रमाणको रूपमा पेश गरेका छन् ।

    सापकोटाले सभामुखलाई बैठकबारे जानकारी नदिइएकाले बैठकको जानकारी पाउने र बैठकमा उपस्थित भई निर्णय प्रक्रियामा सहभागी हुने हकको समेत बर्खिलाप भएकोले पनि संवैधानिक परिषद्को निर्णय त्रुटिपूर्ण रहेको औंल्याएका छन् ।

    बैठक बस्नुभन्दा कम्तीमा ४८ घण्टा अगावै सदस्यलाई बैठकको जानकारी पठाउनुपर्नेमा मंसिर ३० गते ५ बजे बोलाइएको बैठकबारे आफूलाई थाहै नदिएको जनाएका छन् । उनले आफूलाई थाहा नदिई गरिएको निर्णय ‘प्रिमा फेसी’मै वैध नभएको भन्दै उनले निर्णय कार्यान्वयन हुन नसक्ने उल्लेख गरे ।

    सापकोटाले २०६६ सालमा तत्कालिन संवैधानिक परिषद् अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रत्यर्थी संवैधानिक परिषद् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत भएको उत्प्रेषणयुक्त परामादेश मुद्दामा कुनै पनि सदस्यले आफूले कानूनबमोजिम प्राप्त गर्नुपर्ने सूचना प्राप्त नभएको भनी दाबी गर्दा पहिले बैठकमा उपस्थित नरहनेले पछि सूचनाको दाबी गर्ने कार्य ‘डक्ट्रोराइन अफ एक्युयासेन्स’ प्रतिकूल भएको भन्न नमिल्ने कुराको दाबी गरेका छन् ।

    सापकोटाले सर्वोच्च अदालतबाट प्रतिपादन भएको सिद्धान्त बमोजिम संवैधानिक परिषद्को बैठकले वैधानिकता प्राप्त गर्न नसक्ने जनाए । उनले संवैधानिक परिषद्ले अध्यक्षसहित ४ जना उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिनेछ भनेकोमा २ जना सदस्यले गणपूरक हुन सक्दैन भन्दै बैठक नै अवैध भएको जनाए ।

    सापकोटाले गणपूरक संख्या नपुगी बसेको हुँदा उपस्थिति र निर्णय नै अवैध भएकोले परिषद्का सचिवबाट गरिएको बैठकको अभिलेख पनि अवैध रहेको जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनको सिफारिस बिहान ९ बजेर ४५ मिनेटमा गरेकाले त्यतिबेला नै संसदीय सुनुवाइ नरहेकाले संसद्मा दिउँसो २ बजेर १५ मिनेटमा दर्ता भएको नियुक्ति सिफारिसको सुनुवाइ अगाडि बढाउन सकिने अवस्था नै नभएको तर्क सापकोटाले गरे ।

    सापकोटाले विगतमा संसदीय सुनुवाइ नभएर नियुक्त भएका विभिन्न घटनाहरूको पनि उल्लेख गरेका छन् । निवेदनमा विभिन्न कारणले संसदीय सुनुवाइ हुन नसक्ने भएको भन्दै माघ १८ गते सक्कल कागज नै फिर्ता गरिएको भए पनि उनीहरूको नियुक्ति असंवैधानिक भएकाले बदरको माग गरिएको छ ।

    संविधानको धारा २९२ ले अनिवार्य संसदीय सुनुवाइ हुनुपर्नेमा त्यसरी सुनुवाइ नगरीकन नियुक्ति गैरकानूनी भएको भन्दै बदर गर्न माग गरिएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend