बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रेम राई छिरेपछि अख्तियार भित्रबाट आयो राजीनामा, आयोगभित्र उथलपुथल !

प्रेम राई छिरेपछि अख्तियार भित्रबाट आयो राजीनामा, आयोगभित्र उथलपुथल !

  • मिडिया डबली
  • बुधवार, माघ २१ २०७७

  • 18.2K
    SHARES

  • प्रेम राई छिरेपछि अख्तियार भित्रबाट आयो राजीनामा, आयोगभित्र उथलपुथल !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कृपा भएर पूर्व गृहसचिव प्रेमकुमार राई प्रमुख आयुक्त बनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् ।

    आफू मातहत काम गरिसकेका राईलाई ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख बनाएर पठाएपछि जोशीले राजीनामा दिएका हुन् ।

    जोशी आयुक्त हुँदा सचिवको हैसियतले काम गरेका राई नै प्रमुख आयुक्तमा नियुक्त भएर आएपछि अख्तियारमा उथलपुथल भएको छ । संवैधानिक आयोगमा रिक्त पदपूर्ति गर्ने भन्दै राईलाई प्रमुख बनाइएपछि जोशीको राजीनामासँगै फेरि अख्तियारको आयुक्त पद रिक्त भएको छ ।

    जोशीले बुधवार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताए । जोशीको राजीनाले अख्तियारमा १ आयुक्त पद रिक्त भएको छ ।

    २०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका जोशी ६ वर्षे पदावधिका कारण आगामी चैत १९ गते अवकाश पाउने थिए । तर राई प्रमुख भएर आएपछि उनले अगाडि नै राजीनामा दिएका छन् ।

    अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेमकुमार राई २०७१ साउन ९ देखि फागुन २७ गतेसम्म अख्तियारमा सचिव भएका थिए । त्यतिबेला जोशी अख्तियारमा आयुक्त रहेका थिए । 

    बुधवार बिहान नवनियुक्त प्रमुख आयुक्त राई र आयुक्तमा सिफारिस भएका जयबहादुर चन्द र कुमार सिलवालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति कार्यालय शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै राई, चन्द र सिलवालले टंगालस्थित अख्तियारको कार्यालय पुगेर पदभार समेत सम्हालेका छन् । राईले पदभार सम्हालेको समयमा कार्यबाहक आयुक्त जोशी उपस्थित नभई राजीनामा बुझाउन राष्ट्रपति कार्यालय गएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend