काठमाडौं - गायक बाबुराम भट्टराई र गायिका चम्पा खुलाल मगरको स्वर रहेको ‘बतासै सरर’ बोलको गीत रिलिज भएको छ ।
सुनाखरी मल्टिमिडिया नामक युट्युबमार्फत रिलिज भएको ‘बतासै सरर’को शब्द र संगीत माधव थापाले दिएका छन् ।
एरेन्ज हेमन्त शिशिरले गरेका छन् । लोकदोहोरी शैलीको यो गीतबाट गायक बाबुराम भट्टराईसहितको टिमले ठूलो आशा लिएको छ ।
म्युजिक भिडियोको निर्देशन रितबहादुर दर्लामीले गरेका छन् । अजित रायमाझी, आयुष्मा कार्की, रितबाहदुर दर्लामीको म्युजिक भिडियोमा अभिनय रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।