काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ ।
अध्यक्ष, विज्ञ र सदस्य गरी ३ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।
जिल्ला अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तलब–भत्ता पाउने व्यवस्था छ भने सदस्यले राजपत्रांकित द्वितीय श्रेणी उपसचिवसरह सुविधा पाउने भएका छन् ।
आयोगको जिल्ला समिति गठनसम्बन्धी मन्त्रिपरिषद्को माघ १५ गतेको निर्णय सोमवार राजपत्रमा प्रकाशन भएको हो । जसअनुसार १ नम्बर प्रदेशको इलाममा ओमनारायण खनाल, प्रकाश अधिकारी र हेमन्त राई, झापामा प्रेमबहादुर गिरी, राधाकृष्ण खनाल र मदनप्रसाद अधिकारी क्रमशः अध्यक्ष, विज्ञ र सदस्य चयन भएका छन् ।
सुनसरीमा खेमराज पोखरेल, सूर्यकुमार राई, बद्रीनाथ घिमिरे, मोरङमा दिलबहादुर राई, नवीन पौडेल, मोहन तुम्वोपा, पाँचथरमा करुणा राई, जयप्रकाश केरुङ, देवीप्रसाद कोइराला, ताप्लेजुङमा लक्ष्मीबहादुर यक्सो, प्रकाश इवारम, कमलप्रसाद गुरागाईं, धनकुटामा नैनबहादुर विक, सावित्रा राई, दीपक बुढाथोकी नियुक्त भएका छन् ।
तेह्रथुममा किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया, धर्मराज खुलाल, संखुवासभामा वीरेन्द्र केसी, वेदकुमारी रिमाल र विपिन तामाङ, भोजपुरमा देवीराम चौलागाईं, ईश्वरमान राई र केशवबहादुर राई, ओखलढुंगामा शंकरबहादुर कटवाल, विजयकुमार बस्नेत र रामकुमार अछामी थापा मगर, खोटाङमा हरिप्रसाद पोखरेल, खेमराज राई र दिलकुमारी राई, सोलुखुम्बुमा रामकाजी श्रेष्ठ, कुन्जाङ शेर्पा र मोहनकुमारी कार्की, उदयपुरमा गोपालबहादुर खत्री, दुर्गानन्द चौधरी र कान्ताकुमारी राई नियुक्त भएका छन् ।
२ नम्बर प्रदेश अन्तर्गत सप्तरीमा देवनारायण चौधरी, जयप्रकाश ठाकुर र जितकुमारी पौडेल, सिरहामा गंगाप्रसाद यादव, उदयकुमार साह र सम्झना थपलिया, महोत्तरीमा राजेन्द्र साह तेली, कृष्णप्रसाद बराल र चन्द्रलाल केपछाकी, धनुषामा रामचरित्र शाह, दूर्गाहरि ग्यावा तामाङ र गीताकुमारी साह, सर्लाहीमा राजकुमार राय यादव, सुरेशकुमार साह, संजिता घिमिरे उप्रेती, रौतहटमा उद्धवप्रसाद रेग्मी, राजेशकुमार साह र विनादेवी, बारामा अम्बिकाप्रसाद चौलागाईं, उमेशप्रसाद साह र चयन गुरुङ, पर्सामा विनादेवी शर्मा, शिवजीप्रसाद कानु र विमल पौडेल क्रमशः अध्यक्ष, विज्ञ र सदस्य नियुक्त भएका छन् ।
बाग्मतीअन्तर्गत रसुवामा शम्भु गुरुङ, सुष्मा न्यौपाने र विष्णुप्रसाद पौडेल, नुवाकोटमा विन्दा ढुंगाना, बलराम आचार्य र नारायण घिमिरे, धादिङमा रामहरि अधिकारी, सञ्जय दुवाडी र गंगादेवी श्रेष्ठ, चितवनमा यादवप्रसाद पाठक, शान्तराज आचार्य र महादेवी शर्मा, मकवानपुरमा रामेश्वर राना मगर, तुलसीप्रसाद रिजाल र प्रतिमा श्रेष्ठ, सिन्धुलीमा कुमारबहादुर कार्की, नवराज थिङ र विष्णुकुमारी पाण्डे, रामेछापमा तुलप्रसाद कँडेल, गंगादेवी कार्की, भोजराज कडेरिया, दोलखामा धमेन्द्र मोक्तान, बद्रीबहादुर बुढाथोकी र गोमा केसी, सिन्धुपाल्चोकमा बालकृष्ण देउजा, भगवती अधिकारी, शम्भु सापकोटा, काभ्रेमा रामकृष्ण हुमगाई (शर्मा), जेन लामा र अम्बिका ठकुरी, भक्तपुरमा मोहनवीर श्रेष्ठ, अनिलकुमार श्रेष्ठ र उत्तरा नेपाल, ललितपुरमा मधुसूदन पौडेल, सरोजकुमार विष्ट र चतुर व्याञ्जनकारनी, काठमाडौंमा रामशरण ढुंगाना, मीना रेग्मी, सत्यनारायण डंगोल नियुक्त भएका छन् ।
गण्डकीको मनाङमा मनबहादुर गुरुङ, नन्दा गुरुङ र ममता गुरुङ, स्याङ्जामा उदय श्रेष्ठ, ताराकुमार विश्वकर्मा र भगवती शर्मा, म्याग्दीमा खुमबहादुर बानियाँ, दिवाकुमारी तिलिजा पुन र पुष्कर विक, मुस्ताङमा रमेशकुमार भट्टचन, छेवाङरिन्जिङ गुरुङ र विशाल विक, बागलुङमा कृष्णप्रसाद पाठक, रुद्रप्रसाद पौडेल र दिवस खत्री गोरखामा सुरेन्द्रबहादुर थापा, विराज गुरुङ, कमलदानी क्षेत्री, पर्वतमा देवेन्द्रराज पाण्डे, बिन्दु अधिकारी, जीवलाल बसेल, तनहुँमा दधिराज सुवेदी, दीर्घराज दरै र शान्ति कुँवर, लम्जुङमा मोहनहरि पौडेल, सुभाष पौडेल र लोककुमारी अधिकारी, नवलपरासीमा कृष्णप्रसाद घिमिरे, रामकृष्ण ढुंगाना र जोगमाया महतो, कास्कीमा दामोदर पौडेल बैरागी, सुशीला पौडेल र दानबहादुर बानियाँ अध्यक्ष, विज्ञ र सदस्य नियुक्त भएका छन् ।
लुम्बिनीको रुपन्देहीमा बलबहादुर आचार्य, कृष्णबहादुर कुँवर र गंगा कार्की, कपिलवस्तुमा कृष्णप्रसाद पौडेल, अब्दुल माबुखाँ र मञ्जु चौधरी, दाङमा शिवकुमार आचार्य, रेमन्त चौधरी र हेमराज पुन मगर, बर्दियामा भीमबहादुर केसी, नूतनकुमार चौधरी र भक्तबहादुर विक, प्युठानमा मोहनबहादुर जिसी, रामबहादुर केसी र विष्णुबहादुर केसी, गुल्मीमा टीकाराम ढकाल, शान्ता पोखरेल, कृष्ण घिमिरे, अर्घाखाँचीमा कृष्णबहादुर भुसाल, तुल्सीराम मिश्र र शिवकला विक, पाल्पामा एकप्रसाद भण्डारी, भोजराज पोखरेल, दुर्गादेवी राना, रोल्पामा प्रेमबहादुर घर्ती, कृष्णकुमारी गौतम र लोकेन्द्र घर्ती, रूकुम (पूर्व) मा सतमान पुन, गोपाल रेउले र केशकुमारी तुलाचन, बाँकेमा शान्ति ढकाल, तेजकुमार धिताल र गोपाल गिरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा विमला अर्याल, बद्री श्रेष्ठ र कृष्णप्रसाद पौडेल अध्यक्ष, विज्ञ र सदस्य नियुक्त भएका छन् ।
कर्णालीको मुगुमा सोनाम छिरिङ लामा, डबलबहादुर रोकाया र अशोकलाल बुमी, डोल्पामा धनचन्द्र बैजी, सन्तोषबहादुर शाही र काली चलाउने, कालिकोटमा धीरबहादुर बम, रमेश नेपाली र राजेन्द्रबहादुर थापा, जाजरकोटमा नवराज सिंह, विश्वविक्रम शाह र राजेश्वरी सिंह, सल्यानमा लोकबहादुर डाँगी, कविराम चन्द र कुन्ती बस्नेत, हुम्लामा प्रकाशबहादुर सुनार, बुधे भण्डारी, याङजु रोकाय, जुम्लामा धीरेन्द्रराज गिरी, सुमन आचार्य, हंस रोकाय, दैलेखमा सूर्यबहादुर शाही, तेजबहादुर चन्द, तप्पकुमारी खड्का, रुकुम(पश्चिम)मा नारायण शाह, तुलसा मल्ल, मिश्रीलाल पुन, सुर्खेतमा ऐनबहादुर चन्द, डम्बरबहादुर गंजा मगर र नन्दा गुरुङ पदाधिकारी नियुक्त भएका छन् ।
सुदूरपश्चिमको बाजुरामा रामलाल कार्की, प्रसाद पाध्याय र कर्मकला रोकाया, कञ्चनपुरमा कुमारी कमला बोहरा, किशोरकुमार लिम्बू र रमेशदत्त भट्ट, कैलालीमा दीपकप्रसाद देवकोटा, दुजराम चौधरी र बलबहादुर महता, डडेलधुरामा पदमराज जोशी, अमरबहादुर पुन र ताराकुमारी कार्की, अछाममा कटकबहादुर साउँद, भीमबहादुर जनाला र प्रगति थापा रावल, दार्चुलामा रामदत्त जोशी, लक्ष्मीकुमारी लुहार र खिमानन्द भट्ट, डोटीमा गणेशबहादुर विष्ट, झलकबहादुर पाली र देशरत्न डाँगी, बझाङमा कलकबहादुर खड्का, लोकेन्द्रबहादुर सिंह, शारदाकुमारी विक, बैतडीमा नरेशकुमार विश्वकर्मा, जगदीशसिंह नायक र जानकी अवस्थी नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्कै चैत ९ गते बसेको बैठकले देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोगले ४०१ स्थानीय तहसँग सम्झौता गरी काम अगाडि बढाएको छ । भूमिहीनलाई जग्गा दिने दायित्वसाथ काम गरिरहेको आयोगका विज्ञ सदस्य जगतबहादुर देउजाले बताएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।