आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

‘नेपाली सेना सडकमा उतारेर ओलीय तानाशाहीको फौजी चरणको पूर्वाभ्यास पो हो कि !’

‘नेपाली सेना सडकमा उतारेर ओलीय तानाशाहीको फौजी चरणको पूर्वाभ्यास पो हो कि !’

  • मिडिया डबली
  • सोमवार, माघ १९ २०७७

  • 8.5K
    SHARES

  • ‘नेपाली सेना सडकमा उतारेर ओलीय तानाशाहीको फौजी चरणको पूर्वाभ्यास पो हो कि !’

    काठमाडौं – लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले सोमबार राति नेपाली सेना सडकमा उतारेर ओलीय तानाशाहीको फौजी चरणको पूर्वाभ्यास पो हो कि भनेर प्रश्न गरेका छन् ।

    नेपाली सेनाले नियमित अभ्यास अन्तर्गत सोमबार राति काठमाडौंको चक्रपथमा बख्तरबन्दसहित चक्कर लगाउँदैछ । सेनाको यो नियमित अभ्यासप्रति विश्लेषक संग्रौलाले टिप्पणी गरेका हुन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सत्तामा खड्ग ओलीय हिटलरी निरंकुशताको जगजगी शुरू भा’छ, सडकमा स्वतन्त्रताप्रेमी नागरिकहरूमाथि हिटलरी दमनको बर्बरता शुरू भा’छ । यही क्षणमा सेनाले बख्तरबन्द गाडीमा चढेर चक्रपथ चक्कर मार्नुको सांकेतिक अर्थ के हो ? के थाहा, यो ओलीय तानाशाहीको फौजी चरणको पूर्वाभ्यास पो हो कि !’

    आज माघ १९ गते सोमबार राति नेपाली सेनाका बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको परिक्रमा गर्ने भएको छ ।

    सेनाका ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरुबाट माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने समेत निर्देशनालयले जनाएको छ ।

    सैनिक प्रवक्ताले ट्विटरमा लेखेका छन्, ‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरुबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौं ।’

    नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ । सेनाले आवश्यकताअनुसार समय–समयमा यस्तो अभ्यास गर्दै आएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend