बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चापागाउँंमा भोलि बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

चापागाउँंमा भोलि बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

  • मिडिया डबली
  • शुक्रवार, माघ १६ २०७७

  • 8.1K
    SHARES

  • चापागाउँंमा भोलि बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

    काठमाडौं – ललितपुरको गोदावरी नगरपालिकास्थित चापागाउँको पुरानो बसपार्कमा भोलि शनिबार बृहत् सांस्कृतिक कार्यक्रम हुँदैछ ।

    सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, सीता घिमिरे ‘चन्द्रमुखी’, १०० भन्दा बढी नेता र कलाकारको जस्तै स्वर निकाल्न सक्ने हाँस्य कलाकार दिनेश काफ्ले, चर्चित गायक प्रताप दास, सुजाता केसी, छम्मा गीतबाट चर्चामा आएकी सिर्जना खत्री, चर्चित गायिका निशा देशार, शशी पुन ‘देशार’ तथा गायक विजय राईबाट बेजोड प्रस्तुती हुँदैछ ।

    सांस्कृतिक कार्यक्रम चम्पापुर मिनि मार्केटको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष, नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनबाट हुने कार्यक्रम संयोजक तथा चम्पापुर मिनि मार्केट अध्यक्ष रमेश देशारले मिडिया डबलीलाई जानकारी दिए ।

    भोलि शनिबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १६ २०७७०६:५७:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend