काठमाडौं - चीनले नेपाली भुमी मिचेको अध्ययन प्रतिवेदन प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले पेश गर्दा पनि मौन बसेको सरकारलाई राष्ट्रिय अभियान नेपालले चुनौती दिएको छ ।
कम्युनिस्ट सरकारले नेपाल–चीन सीमाका बारेमा स्पष्ट जानकारी समेत सार्वजनीक नगरेपछि राष्ट्रिय अभियान नेपाल धर्ना बसेको हो । राष्ट्रिय अभियान नेपालले सीमा क्षेत्रका स्तम्भहरुको जीपीएस कोर्डिनेट तथा सुपरिवेक्षणको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माघ १३ गतेसम्म धर्ना कार्यक्रम गर्ने बताएको छ ।
नापी विभागसँग नेपाल–चीन सीमा स्तम्भहरुको जीपीएस कोओर्डिनेट, सीमा स्तम्भहरुको पछिल्लो सुपरिवेक्षणको माग गर्दै धर्ना बसेको अभियानका संयोजक विनय यादवले बताए ।
पटक–पटक माग गर्दा समेत विभागले विवरण नदिएपछि धर्ना बस्न बाध्य भएको उनले बताए । विभागको विवरणले चीनले भुमी मिचेको हो या हैन् ? वास्तविकता के हो भन्ने कुरा सार्वजनीक हुने उनको भनाइ छ ।
नेपाली काँग्रेसले चीनले नेपालको भूमि मिचेको कुरा प्रमाणसहित प्रतिवेदन तयार गरेको छ । सञ्चारमाध्यममा पनि पटक–पटक कुरा आएको छ तर सरकारले यसप्रति ध्यानै नदिने गरेको सर्वसाधरणको आरोप छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।