बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कञ्‍चनपुर सीमा विवादको वास्तविकता : दशगजा प्रयोग नगर्न भनेपछि सीमा अतिक्रमणको हल्ला 

कञ्‍चनपुर सीमा विवादको वास्तविकता : दशगजा प्रयोग नगर्न भनेपछि सीमा अतिक्रमणको हल्ला 

  • मिडिया डबली
  • मंगलवार, माघ ६ २०७७

  • 4.0K
    SHARES

  • कञ्‍चनपुर सीमा विवादको वास्तविकता : दशगजा प्रयोग नगर्न भनेपछि सीमा अतिक्रमणको हल्ला 
    फाइल तस्वीर

    काठमाडौं - नेपालमा राजनीतिक अस्थिरता बढिरहेको समयमा केही नेपाली सञ्‍चारमाध्यमहरुमा भारतीय पक्षले कञ्‍चनपुरमा सीमा अतिक्रमण गर्‍यो भन्‍ने समाचारहरु प्रकाशित भए । तर, वास्तविकता भने फरक छ । पछिल्लो समय भारतीय सुरक्षा नीति अनुसार भारतीय सशस्त्र सीमा बललाई सीमाको सुरक्षालाई सुव्यवस्थित गर्न निर्देशन दिइएको छ । सोही निर्देशन अनुसार नेपाल-भारत सीमामा भारतीय एसएसबीले सुरक्षा सतर्कता बढाएको छ । 

    नेपाल-भारतबीचको खुला सिमानाको फाइदा उठाउँदै तेस्रो पक्षले दुरुपयोग गर्नसक्ने भन्दै नेपाल र भारत दुबै पक्षले सीमा क्षेत्रमा कडाइ गरेका छन् । यही क्रममा भारतीय पक्षले केही अस्थायी चेकपोस्टहरु समेत निर्माण गरेको छ । यही प्रक्रिया अन्तर्गत कञ्‍चनपुरको बेलौरी नगरपालिका-१० नजिकै दशगजाभन्दा दक्षिण भारतीय भूमिमा एसएसबीले अस्थायी चेकपोस्ट बनाएको छ । 

    अहिले उखु काट्‍ने समय भएका कारण भारतीयहरुले उखु तस्करी गरेर नेपाली मिलहरुमा ल्याउनसक्ने भएका कारण उक्त तस्करीलाई रोक्नका लागि भारतीय एसएसबीले अस्थायी चेकपोस्ट निर्माण गर्दै चेकजाँचमा कडाइ गरेको छ । नेपालीहरुले पनि उखु काटेर मिलमा ल्याउने क्रममा भारतीय एसएसबीले रोक्‍न खोजेपछि नेपाली भूमि भारतले अतिक्रमण गरेको भन्‍ने समाचारहरु प्रकाशित भएका हुन् । 

    राष्ट्रवादी बिल्ला भेरेका प्रधानमन्त्री केपी शर्मा ओली निकटका सञ्‍चारमाध्यमहरुले भारतले सीमा अतिक्रमण गर्यो भन्‍ने समाचारहरुमार्फत अहिलेको नेपालको राजनीतिक परिस्थितिबाट ध्यान मोड्‍न खोजेको देखिन्छ । कञ्‍चनपुरको सीमा क्षेत्रमा कार्यरत एक प्रहरी अधिकारीले नाम नखुलाउने शर्तमा भने, "नेपालीहरुले नेपाली भूमिमा लगाएको उखु भित्र्याउनका लागि दशगजा क्षेत्र प्रयोग गर्नुपर्छ । अघिल्ला वर्षहरुमा नियमितरुपमा दशगजा क्षेत्र प्रयोग गर्दै नेपालीहरुले आवतजावत गरिरहेकोले यस वर्ष पनि सोही क्षेत्र प्रयोग गर्दै आउने क्रममा भारतीय पक्षले रोक लगाएको हो ।"

    अन्तर्राष्ट्रिय सीमा नियम अनुसार दुई मुलुकबीचको खाली क्षेत्र 'नो म्यान्स ल्यान्ड' मा कुनै मानवीय गतविधिहरु गर्न मिल्दैन । नो म्यान्स ल्यान्डमा मानिसहरु आवतजावत गर्न, संरचनाहरु बनाउन नमिल्ने प्रावधान छ । तर, नेपालले भने यसअघिदेखि उक्त क्षेत्र प्रयोग गर्दै आएकोमा यस वर्ष भारतीय पक्षले रोक लगाएको हो । 

    नेपालीहरुले नेपाली क्षेत्रमा उखु लगाएका छन्, त्यसको ठिक दक्षिणपट्टी भारतीय क्षेत्रमा पनि भारतीय किसानहरुले उखु खेती गरेका छन् । भारतीय क्षेत्रमा लगाइएका उखुहरु नेपालमा तस्करी गर्नसक्ने जोखिम बढेका कारण उक्त तस्करीलाई रोक्‍न भारतीय एसएसबीले अस्थायी चेक पोइन्ट बनाएका थिए । उक्त चेक पोइन्ट पिन भारतीय भूमिमा नै रहेको भारतीय एसएसबीले जानकारी दिएका छन् । 

    भारतीय सशस्त्र सुरक्षा बलले कञ्‍चनपुर क्षेत्रमा भूमि नमिचेको स्पष्टसमेत पारेको छ । भारतीय पक्षले समाचारमा मिचिएको भनिएको क्षेत्र भारतमै पर्ने र त्यहाँ उखु तस्करीलाई रोक्‍न चेकपोइन्ट स्थापना गरिएको स्पष्ट पारेको हो ।

    भारतीय एसएसबी टोलीले भारतको पिलभीत जिल्ला र कञ्‍चनपुरको बेलोरी र बेलडाँडी नगरपालिकाको सीमा जोडिएको क्षेत्रमा चेकपोइन्ट स्थापना गर्दै निगरानी बढाएपछि सीमा मिचिएका समाचारहरु प्रकाशित भएका थिए । यस सीमा क्षेत्रमा स्थानीयहरुले उखु बाली बिक्रीका लागि लैजाने गरेका छन् । यो उखुको सिजन भएका कारण एसएसबीका अधिकारीहरूले भारतीय क्षेत्रमा सीमा छेउछाउको अस्थायी चेकपोइन्टहरु स्थापना गरेका हुन् ।

    माघ २ गते बेलौरी नगरपालिका-१० स्थित सडकघाटमा रहेको सीमा स्तम्भ नम्बर ३५ नजिक नेपालका स्थानीयहरुले नेपाली भूमिमा लगाएको उखु काटेर नेपाल भारत सीमा क्षेत्रको नोमेन्स ल्यान्डको बाटो हुँदै नेपाल ल्याउने क्रममा भारतीय सीमा सुरक्षा बलले रोक लगाएको भारतीय सुरक्षा स्रोतले जानकारी दिएको छ । स्रोतले भन्‍यो, "नेपाली भूमिमा लगाएको उखु ल्याउन दिनुपर्ने भन्दै स्थानीय अधिकारीहरु र भारतीय एसएसबीबीच वार्ता भनिए पनि भारती पक्षले माथिको आदेशभन्दै रोक लगाएको थियो ।"

    यस घटनाको बारेमा एसएसबी ४९ बटालियनले आफ्नो माथिल्लो निकायमा मौखिक रिपोर्ट गरेको थियो । उक्त रिपोर्टको प्रतिक्रियापछि भारतीय एसएसबीले त्यहाँ रहेका अस्थायी चेक पोइन्टहरु पनि हटाएको जानकारी दिएको छ । 

    सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा नजिकै बनाइएका अस्थायी पोस्ट हटाएको भारतीय पक्षले जानकारी गराएको छ । यसअघि दुबै पक्षबीच दशगजामा कुनै गतिविध नगर्ने सहमतिपछि अस्थायी चेक पोइन्ट हटाइएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ६ २०७७१२:२८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend