बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चिसो बढ्यो, यस्तो छ देशभरको मौसमी अवस्था

चिसो बढ्यो, यस्तो छ देशभरको मौसमी अवस्था

  • मिडिया डबली
  • मंगलवार, माघ ६ २०७७

  • 3.1K
    SHARES

  • चिसो बढ्यो, यस्तो छ देशभरको मौसमी अवस्था

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ ।

    मंगलवार बिहान साढे ६ बजेको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् मीनकुमार अर्यालले बताएका छन् ।

    अर्यालका अनुसार अहिले बिहान सामान्य तुवाँलो लागेको छ भने बादल पनि लागेकाले आंशिक बदलीको अवस्था रहेको अर्यालले बताएका छन् । काठमाडौंमा मंगलवार दिउँसो आंशिक बदली रहने छ । घाम लाग्ने र बादल लाग्ने क्रम दिनभर चल्ने जनाइएको छ । 

    बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेका समेत जनाइएको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ ।

    मंगलवार राति प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यद्यपि वर्षाको सम्भावना निकै न्यून रहेको मौसमविद् अर्यालले बताएका छन् ।

    देशका विभिन्न भू–भागमा बादल लागेसँगै राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउने विभागले जनाएको छ । तराईका केही भूभागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    बिहान लागेको हुस्सु र कुहिरो केही समयमा हटेर जाने अर्याल बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ६ २०७७०७:४४:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend