आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस नेता खतिवडाको उदघोष, ओखलढुंगाबाट कम्युनिस्टहरूको जमानत जफत गराइदिन्छौँ

कांग्रेस नेता खतिवडाको उदघोष, ओखलढुंगाबाट कम्युनिस्टहरूको जमानत जफत गराइदिन्छौँ

  • मिडिया डबली
  • सोमवार, माघ ५ २०७७

  • 4.8K
    SHARES

  • कांग्रेस नेता  खतिवडाको उदघोष, ओखलढुंगाबाट कम्युनिस्टहरूको जमानत जफत गराइदिन्छौँ
    फाइल तस्वीर

    काठमाडौँ- प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जनतालाई झुक्काउन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर वैशाखामा चुनावको घोषणा गरेको आरोप लगाएका छन् ।

    ओखलढुंगाको नेपाली कांग्रेस लिखु गाउँपालिका कार्यसमितिद्वारा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्टहरूभित्रको कुर्सी र जुँगाको लडाइँले गर्दा वैशाखमा चुनाव हुँदैन कि भन्ने आशंका बढेर गएको बताए ।

    चुनाव समयमा गर्न आलटाल भयो भने कांग्रेसले ओली सरकार र कम्युनिस्टहरूलाई सडकमा ल्याएर नाङ्गे झार बनाउने उनले चेतावनी दिएका छन् । निर्वाचनका लागि कांग्रेसले निरन्तर सडकबाट दवाव सिजर्ना गरिहने उनले बताएका छन् ।

    ‘वैशाखमा चुनाव गर्नुपर्छ । जनतालाई झुक्काउन पाइँदैन’, उनले भने, ‘हिम्मत छ भने बोलेको कुरा गर्नुस् ओलीजी । होइन भने जनता झुक्काउने काम नगर्नुस् ।’

    युवा नेता खतिवडाले कम्युनिस्टहरूभित्रको लडाइँले गर्दा सत्ता चलाउन नसकेर प्रतिनिधि सभा विघटन गरेको बताए । उनले संसद विघटन, सर्वसत्तावाद र भ्रष्टचारविरुद्ध कांग्रेसले सधैँ संघर्ष गर्ने भन्दै कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक संविधानको रक्षामा गर्ने बताए । उनले वैशाख १७ र २७ गतेको निर्वाचनको मिति जनतालाई झुक्यउनलाई गरेको आरोप लगाए ।

    ‘वैशाखमा साँच्चिकै चुनाव गरेर देखाउनुस् प्रधानमन्त्रीजी ओखालढुङाबाट कम्युनिस्टहरूको जमानत जफत गराइदिने छौँ’, खतिवडाले भनेका छन् ।

    ‘चुनावको मैले बेला भनेको थिएँ । यो गठबन्धन चोयाको भएकोले चुडिएर जाने हो । त्यस बेला मैले जे भने थिएँ, त्यहि भएको छ’, उनले भनेका छन् । ‘२०७० सालमा संविधान बनाउन भनेर पठाउनु भयो हामी सबै मिलेर संविधान बनायौँ’, उनले भने, ‘आफ्नो कर्तब्य राम्रोसंग निभाएका छौँ । कम्युनिस्टले बोलेको कहिल्यै पूरा गरेका छैनन् ।’

    ‘२०७४ सालमा अरुलाई जिताएर पठायौँ । २ वर्षपछि आफै संसद बिघटन गरेर देशलाई फेरि अस्थिरतातिर लगेका छन्’, खतिवडाले भने, ‘कांग्रेसले कहिल्य पनि ढाँटेर राजनीति गर्दैन । जे गर्छ त्यही बोल्छ । जे बोल्छ त्यही गर्छ ।’

    नेपाली कांग्रेस ओखालढुंगाका सभापति प्रदीपकुमार सुनुवारले दुईतिहाइको सरकार हुँदा समेत कम्युनिस्टहरूले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाए ।

    उनले केपी ओली प्रधानमन्त्री र विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा समेत मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कम्युनिस्टहरूको आलोचना गरे । सभापति सुनुवारले अझै उल्टो आफू असुरक्षित भएको अभिव्यक्ति दिएर ओलीले लाजमर्दो कुरा गरेको बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०१:०१:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend