काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई ठूलो धक्का लागेको छ ।
प्रहरीको अपरेशन सफल भएपछि विप्लव नेकपाका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।
ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट बाँस्तोला पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
बाँस्तोला विप्लव नेकपाको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समेत रहेका छन् ।
नेता बाँस्तोलासँगै विप्लव नेकपाका नेता विवेक कुमाल समेत पक्राउ परेका प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।