आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कसैले न्यायालयलाई थ्रेट गर्छ भने हामीलाई मान्य छैन : कांग्रेस नेता खतिवडा

कसैले न्यायालयलाई थ्रेट गर्छ भने हामीलाई मान्य छैन : कांग्रेस नेता खतिवडा

  • मिडिया डबली
  • शनिवार, पौष २५ २०७७

  • 5.3K
    SHARES

  • कसैले न्यायालयलाई थ्रेट गर्छ भने हामीलाई मान्य छैन : कांग्रेस नेता खतिवडा

    भरतपुर - प्रमुख प्रतिपक्षि दल  नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री केपी ओलीले तीन वर्षमै संसदको हत्या गरेको बताएका छन् ।

    चितवनको क्षेत्र नं. १ ‘क’को वीरेन्द्र चोकमा शनिबार आयोजित बिरोध सभालाई सम्बोधन गर्दै खतिवडाले जनताले पाँच वर्ष सरकार चलाउन दिएको झण्डै दुईतिहाइको बहुमतलाई कम्युनिस्टहरूले बचाउन नसकेको बताए ।

    उनले ओली र नेकपाले संसद विघटन गरेर जनतामाथि ठूलो घात गरेको बताएका हुन् । उनले न्यायपालिकाले गर्ने फैसलालाई कांग्रेसले स्वीकार गर्ने बताएका छन् ।

    ‘कसैले न्यायालयलाई थ्रेट गर्छ भने हामीलाई मान्य छैन’, खतिवडाले भने, ‘पार्टीको सदस्य भएको मान्छेलाई न्यायाधीश बनाउने हो भने त्यसले सहि फैसला गर्न सक्दैन भनेर मैले शुरुदेखिनै भनेको थिएँ ।’

    कांग्रेस नेता खतिवडाले चुनावका लागि आफूहरू सधैँ तयारी अवस्थामा रहेको बताएका छन् । उनले भने, ‘संसद पुनःस्थापना भएपनि, नभएपनि कांग्रेस चुनावका लागि तयारी अवस्थामा छ ।’ संसद विघटन गरेसँगै नेपालबाट कम्युनिस्टका दिन गएको खतिवडाले बताएका छन् । उनले कम्युनिस्टहरूलाई स्यालसँग तुलना गरेका थिए ।

    उनले भने, ‘रंग लगाएका स्यालहरू पानी पर्दा आफ्नो स्वरुप परिवर्तन भएको चाल पाउँदैनन् ।’ संसद पुनःस्थापना भयो भने पनि त्रिशंकु संसद रहनेभन्दै कांग्रेस नेता खतिवडाले संसदमा झन् बेथिति निम्तने बताएका छन् ।

    ‘संसद पुनर्स्थापना भयो भने हँग पार्लियामेन्ट बन्छ । त्यसपछि झन् अस्थिरता निम्तन सक्छ’, उनले भने, ‘चुनावमा जानुपर्छ । यहि चितवनबाट कम्युनिस्टलाई स्वाहा पार्नुपर्छ ।’

    कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबैलाई समेटेको उनले बताएका छन् । ‘सबैलाई ल्याएर कांग्रेसको नेतृत्वमा संविधान बनायौँ । सबै अट्ने संविधान बन्यो’, उनले भनेका छन्, ‘रुखले सबैलाई छाहारी दिन्छ । भेदभाव गर्दैन ।’ मुलुकमा कांग्रेसले मात्रै तोकिएको समयमा निर्वाचन गरेको खतिवडाले बताएका छन् ।

    ‘मुलुक बचाउन कांग्रेस आफू हारेको छ । कम्युनिस्टलाई जिताएको छ’, उनले भने, ‘मुलुक नहारोस् भनेर कांग्रेस आफू हारेर पनि कम्युनिस्टलाई जिताएको छ ।’ जनताले मतदान गलत ठाउँमा गर्दा अहिले संसद विघटन भएको कांग्रेस नेता खतिवडाले बताएका छन् ।

    ‘ओली र कम्युनिस्टहरूले सरकार चलाउन सकेनन् । जनताले निर्वाचित गरेको संसदको हत्या भएको छ’, खतिवडाले भनेका छन्, ‘कम्युनिस्टलाई संस्कार सिकाउँछौँ भनेका थियौँ । संसदीय व्यवस्था नमान्नेलाई संसदवादी बनायौँ । शिक्षक मार्नेलाई संसदमा लग्यौँ ।

    ओली र नेकपाले संसद विघटन गरेर जनतामाथि ठूलो घात गर्नुभएको छ ।’ कांग्रेस नेता खतिवडाले ईश्वर पोखरेल, विष्णु पौडेलहरूको पैसाले ओलीले बालुवाटार र सरकार चलाएको बताएका छन् ।

    ओम्निको पैसाले ओलीले सरकार चलाएको भन्दै उनले भने, ‘ओलीजीले विद्याको विद्याले देश चाउनुभएको छ । ‘ओलीजी सिंहदरबार जान सक्नु हुन्न । गर्मी हुँदा शीतल निवास जानु हुन्छ’, उनले भने, ‘होली वाइन खान सोल्टीमा तीन दिनसम्म लम्पसार बन्नुभयो । हिजो धनगढी जानुभयो । जनतालाई संसद विघटन गरेर धोका दिनुभयो ।’ ‘कम्युनिस्टले देश मिलेर खाएका छन् ।

    प्रचण्डले सरकारमा बुहारी पठाउनुभयो । माधवजीले घनश्याम पठाउनुभयो । किसानले मल पाउँछन् भन्ने थियो । किसानको सरकार हुन सकेन’, उनले भनेका छन् । कांग्रेस नेता खतिवडाले प्रचण्डले छोरीलाई जिताउन कांग्रेसको साहारा लिएको भन्दै स्वार्थका लागि ओलीसँग चुनावमा मिलेर प्रतिस्पर्धा गरेको भन्दै आक्रोश पोखे ।

    उनले अबका दिनमा प्रचण्डलाई चितवनबाट निवाचन लड्न समेत समस्या हुने चेतावनी दिएका छन् । ‘नेकपाको सरकारले तीन वर्षमै संसद विघटन गरेको छ’, उनले भने, ‘सत्तामा केही गर्न नसकेर हात उठाएका छन् ।’ उनले भने, ‘जनतालाई खोक्रो आश्वासन दिने, झुठो भाषण गर्ने । वृद्धवृद्धालाई पाँच हजार दिने भनेका ओलीले संसद विघटन गरेका छन् । कम्युनिस्ट भनेका झुठ बोल्नेहरूको जमात हो ।’

    ओलीले पानीजहाजको टिकट काट्ने भनेर दिएको मिति पनि गुज्रिएको भन्दै खतिवडाले चितवनको नारायणी नदीमा पानीजहाज छ कि भनेर आफूले हेर्दा केही नदेखेको बताएका छन् ।

    ओलीले जनतालाई ढाँटेर अँगालो मारेर भोट माग्ने जनमाना गएको भन्दै अबको निर्वाचनमा कम्युनिस्टलाई भोट नदिन अपील गरेका छन् । प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमविरुद्ध चितवनको क्षेत्र नं. १ ‘क’ले आयोजना गरेको विरोध सभामा कांग्रेसका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    क्षेत्रीय सभापति देवेन्द्र लामासहितका कांग्रेसका स्थानीय नेताहरू राजेन्द्रप्रसाद बुर्लाकोटी, भीमप्रसाद थपलिया, सुशीला उप्रेती, कृष्ण सुबेदी, किरण ओली, रामबहादुर लामिछाने, दिनेश अधिकारी, रामेश्वर सिलवाल, लोकराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०१:०१:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend