काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीसँगै नेपाल राष्ट्रबैंकले जुनसुकै बैंकको एटीएमबाट पनि पैसा निकाल्न शुल्क नलाग्ने भनेर गरेको निर्णय हटाएको छ ।
आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा सेवा शुल्क तिर्नुपर्ने भएको छ ।
राष्ट्रबैंकले बिहीवार देशभर भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
यद्यपि एक महिनामा २ पटक मात्रै एटीएम प्रयोग गर्दा भने निःशुल्क गर्नुपर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ । २ पटकभन्दा बढी कारोबारमा प्रतिकारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्रबैंकले गरेको छ ।
कोरोनाको असरका कारण गत चैतको दोस्रो हप्तादेखि अन्तर बैंक एटीएम कारोबार बैंकहरूले नै निःशुल्क गरेका थिए । पछि राष्ट्रबैंकले निर्देशन नै जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन नपाउने निर्देशन गरेको थियो ।
बिहीवार निर्देशन जारी गर्दै शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ राष्ट्र बैंकले तोकिदिएको छ ।
मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा बापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था राष्ट्रबैंकले गरेको छ ।
यस्तो छ राष्ट्रबैंकको निर्देशन –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।