काठमाडौँ– कोरोना भाइरसको माहामारीका बेला देशभर संकटापूर्ण अवस्थाको सिर्जना भएको छ । यसबीच दशैंको समयमा बैंक र प्रयोगशाला क्षेत्र सिमित समयावधिका लागि बन्द हुने भएका छन् ।
सरकारले तोकेअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द रहने छन् ।
कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैँ बिदामा आफ्ना शाखाहरु नखोल्ने निर्णय गरेको हो । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन्।
बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ ।
त्यस्तै दशैको समयमा दशैंको एकदिनअघिदेखि र १ दिनपछिसम्म गरेर ३ दिन देशभरीका नै प्रयोगशालामा परीक्षण नहुने निर्णय यसअघि नै स्वास्थ्य मन्त्रालयले सुनाइसकेको छ । यसबाहेक सरकारले यसपटकको दशैं आफु जहाँ छौं, त्यतै मनाउँन आग्रह गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।