बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंमा आज दिउँसो विद्युत् सेवा अवरुद्ध हुँदै, कहाँ कहाँ हुँदैन बिजुली ?

काठमाडौंमा आज दिउँसो विद्युत् सेवा अवरुद्ध हुँदै, कहाँ कहाँ हुँदैन बिजुली ?

  • मिडिया डबली
  • बुधवार, पौष २२ २०७७

  • 6.5K
    SHARES

  • काठमाडौंमा आज दिउँसो विद्युत् सेवा अवरुद्ध हुँदै, कहाँ कहाँ हुँदैन बिजुली ?

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा नेपाल विद्युत् प्राधिकरणले केही दिनयता सूचना नै जारी गरे विद्युत् अवरुद्ध गरिरहेको छ । मर्मतसम्भार जनाउँदै प्राधिकरणले विद्युत् सेवा विच्छेद गरिरहेको छ ।

    आज बुधबार ललितपुर जिल्लाका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

    पुल्चोक वितरण केन्द्रको रिङरोड फिडर अन्तर्गत नख्खु चोक, बागडोल, धोबिघारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने जनाइएको छ ।

    ट्रान्सफर्मर जडानका लागि पुल्चोक वितरण केन्द्रको रिङरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकाले दिउँसो १ बजेदेखि ४ बजेसम्म बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

    प्राधिकरणले निर्धारित समय अगावै ट्रान्सफर्मर जडानको काम सम्पन्न भए तोकिएको समयअगावै विद्युत् आउने समेत जानकारी दिएको छ ।

    विद्युत् प्राधिकरणबाट कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाइ भएपछि विद्युत् अवरुद्ध हुने क्रम बढेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २२ २०७७०८:१५:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend