काठमाडौं – देशमा राजनीतिक संकट गहिरिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा लैजान खोजिएका पेस्तोलका ५० थान गोली बरामद गरिएको छ ।
संघीय राजधानी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पेस्तोलमा प्रयोग हुने ५० गोलीसहित १ जनालाई पक्राउ गरेको हो ।
झापाको मेचीनगर–२ का बद्रीहाङ राई पेस्तोलको गोलीसहित पक्राउ परेका विमानस्थल प्रहरीका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
पक्राउ परेका राई श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जान खोजेका थिए । विमानस्थलभित्र सुरक्षा चेकजाँचका क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्राउ गरेको छ ।
राईले के उद्देश्यका लागि पेस्तोलका गोलीहरू झापा लैजान खोजेका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।