काठमाडौं – नेपालको आन्तरिक मामिलामा चिनियाँ हस्तक्षेप बढेको भन्दै युवाहरूले बुधवार चिनियाँ दूतावास नजिकै प्रदर्शन गरेका छन् ।
युवाहरूले चिनियाँ हस्तक्षेपको विरोध गर्दै चीनविरूद्ध नाराबाजी गरेका छन् ।
विदेशी हस्तक्षेप बन्द गर, ब्याक अफ चाइना, सगरमाथा हाम्रो हो भन्दै नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन् ।
चीनको ४ सदस्यीय प्रतिनिधिमण्डलले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष बाबुराम भट्टराई लगायतसँग भेटवार्ता गरेको थियो ।
चिनियाँ उपमन्त्री गोउ यचौंको नेतृत्वमा आएको टोलीले आफूखुशी नेपालका नेताहरू भेट्दै सुझावका नाममा हस्तक्षेप गरेपछि स्वतन्त्र युवा नामक संगठनले विरोध जनाउँदै प्रदर्शन गरेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।