बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चिनियाँ हस्तक्षेप बढेको भन्दै बुधबार काठमाडाैँमा प्रदर्शन

चिनियाँ हस्तक्षेप बढेको भन्दै बुधबार काठमाडाैँमा प्रदर्शन

  • मिडिया डबली
  • बुधवार, पौष १५ २०७७

  • 6.1K
    SHARES

  • चिनियाँ हस्तक्षेप बढेको भन्दै  बुधबार काठमाडाैँमा प्रदर्शन

    काठमाडौं - चिनियाँ हस्तक्षेप बढेको भन्दै ‘स्वतन्त्र युवा’ नामक संगठनले बुधबार काठमाडाैँमा प्रदर्शन गरेकाे छ। चिनियाँ दूतावास अगाडि संगठनका कार्यकर्ताहरूले चिनियाँ हस्तक्षेपकाे विराेध गर्दै चीनविरूद्द चर्काे नाराबाजी लगाएका छन्।

    चिनियाँ हस्तक्षेप बन्द गर, चिनियाँ दूतावास मुर्दाबाद भन्दै नारा लगाउँदै हात्तीसारस्थित चिनियाँ दूतावासको कन्सुलर भवनदेखि लाजिम्पाटस्थित राष्ट्रपति कार्यालयसम्म प्रदर्शन गरिएको थियो ।

    त्यस्तै प्रदर्शनकाे क्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेकाे सो संगठनका एक सदस्यले बताए । चीनको चार सदस्यीय प्रतिनिधिमण्डलले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेको थियो ।

    चिनियाँ उपमन्त्री गोउ यचौंको नेतृत्वमा आएको टोलीले आफूखुसी नेपालका नेताहरु भेट्दै सुझावका नाममा हस्तक्षेप गरेपछि स्वतन्त्र युवा नामक संगठनले विरोध जनाउँदै प्रदर्शन गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १५ २०७७०४:१४:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend