वाशिङ्टन - संयुक्त राज्य अमेरिकाले अन्तत: चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावे र चाइना टेलिकमविरुद्ध कडा कारबाही गर्ने निर्णय गरेको छ ।
अमेरिकाको संघीय सञ्चार आयोग (एफसीसी) ले सर्वसम्मत मतदानमा गर्दै सबै अमेरिकीहरुलाई हुवावेले बनाएको उपकरण हटाउन आदेश गरेको छ । चाइना टेलिकम कर्पोरेशनलाई संयुक्त राज्य अमेरिकामा सञ्चालन हुन दिइने कि नदिने भनेर पनि आयोगले कारबाही सुरु गरेको छ ।
एफसीसीका अध्यक्ष अजीत पाईले आयोगले उक्त निर्णयलाई हल्का रूपमा नलिएको र सुरक्षा एजेन्सीको रिपोर्टका आधारमा उक्त निर्णय लिइएको बताएका छन् । चाइना टेलिकमले साइबर सुरक्षा र प्राइभेसी कानूनको पालना नगरेको र कम्पनीले अमेरिकालाई चिनियाँ सरकारको लागि आर्थिक जासुसी गर्न सक्ने खतरामा उत्पन्न भएको पाइएको छ ।
चाइना टेलिकमले महत्त्वपूर्ण अमेरिकी सञ्चार ट्राफिकमा अवरूद्ध गर्ने षरेको र यस कम्पनीना प्रत्यक्ष चिनियाँ सरकारको लगानी भएकोले यसलाई रोक्नका लागि कारबाही प्रक्रिया सुरु भएको छ ।
एफसीसीले दुबै चिनियाँ टेलिकम जायन्ट्स हुवावे र जेडटीईलाई सुरक्षा जोखिमको रूपमा लिएको छ । २०१९ मा, आयोगले यी कम्पनीहरूबाट उपकरण खरीदका लागि अमेरिकी अनुदान रोकेको थियो र अब, एफसीसीले सबै अमेरिकी वाहकहरूलाई हुवावेबाट सञ्चार उपकरणको प्रयोग बन्द गर्न आदेश गरेको छ ।
आयोगले 'चीप बदल्नुहोस्' नीति ल्याएको सम्बन्धमा हुवावे बाहकहरूले त्यस्ता सबै सञ्चार उपकरणहरू लिनै पर्छ र यसलाई प्रतिस्थापन गर्नुपर्ने र अमेरिकी सरकारले वाहकहरूलाई अनुदान दिने बताएका छन् ।
एफसीसी कमिश्नर ब्रान्डन कारले चीनले आफ्नो मनसाय स्पष्ट गरिसकेको र चिनियाँ सरकारले अमेरिकी सुरक्षाको रहस्य, बौद्धिक सम्पत्ति र औद्योगिक र व्यवसायिक फाइदाका लागि अमेरिकी भूमिमा रहेका मानिसहरुको जासूसी गर्न चाहेको बताएका छन् । अर्को चिनियाँ टेलिकम कम्पनी चीन मोबाइललाई २०१९ मा अमेरिका प्रवेश गर्नबाट रोकेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।