आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकी सञ्‍चार कमिसनद्वारा हुवावे र जेडटीई सुरक्षा चुनौती भएको भन्दै वितरणमा प्रतिबन्ध

अमेरिकी सञ्‍चार कमिसनद्वारा हुवावे र जेडटीई सुरक्षा चुनौती भएको भन्दै वितरणमा प्रतिबन्ध

  • मिडिया डबली
  • बुधवार, आषाढ २४ २०७७

  • 6.6K
    SHARES

  • अमेरिकी सञ्‍चार कमिसनद्वारा हुवावे र जेडटीई सुरक्षा चुनौती भएको भन्दै वितरणमा प्रतिबन्ध

    काठमाडौँ-  अमेरिकी संघीय सञ्‍चार आयोग (एफसीसी) ले हुवावे र जेडटीईलाई सुरक्षा चुनौतीको रुपमा वर्गीकरण गरेको छ । यसका साथै अमेरिकाले युनिर्भसल सर्भिस फण्डअन्तर्गत यसको वितरणमा समेत प्रतिबन्ध लगाएको छ ।

    यिनीहरुको सम्पर्क चिनियाँ सैन्य र गुप्तचरसँग रहेको जनाइएको छ । एएफसीसीले अमेरिकाको सम्पूर्ण सञ्‍चार प्रविधिलाई नियमन गर्ने काम गर्छ । एफसीसीले अमेरिकी सञ्‍चार नेटवर्क सुरक्षा खतराबाट जोगाउन यो कदम चालिएको जनाएको छ ।

    दुबै कम्पनीलाई युनिर्भस सर्भिस फण्डअन्तर्गतको प्राप्त रकमबाट हुने वितरणमा समेत प्रतिबन्ध लगाएको छ । एएफसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "एफसीसी अन्तर्गत प्राप्त हुने ८.३ बिलियन डलर यी कम्पनीहरुले आफ्नो उत्पादन खरिद-बिक्री, प्राप्ती, मर्मत, सुधार, परिमार्जन, वा अन्य यी आपूर्तिकर्ताद्वारा उत्पादित वा प्रदान गरिने कुनै पनि उपकरण वा सेवाहरू समर्थन गर्ने कार्यका लागि गरिने प्रयोगमा रोक लगाइएको छ ।"

    यससँगै यी दुई चिनियाँ कम्पनीहरु अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतराको रुपमा पहिचान गरिएका छन् ।

    अमेरिकाले त्यसैगरी अन्य चिनियाँ एपहरुमा पनि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । यसअघि भारतले चर्चित टिकटकसहितका ५९ एप्सहरुमा प्रतिबन्ध लगाएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १३ २०७९०१:३५:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend