आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा हुवावेको ठूलो बजार, हुवावेको ५ जीमार्फत जासुरी गर्दै चीन

भारतमा हुवावेको ठूलो बजार, हुवावेको ५ जीमार्फत जासुरी गर्दै चीन

  • मिडिया डबली
  • बुधवार, आषाढ १७ २०७७

  • 4.8K
    SHARES

  • भारतमा हुवावेको ठूलो बजार, हुवावेको ५ जीमार्फत जासुरी गर्दै चीन

     काठमाडौँ- चीनले विकास गरेको भनेको हुवावेको ५जी प्रविधि चिनियाँ राष्ट्रिय स्वार्थप्रति समर्पित हुने विषयले चीनमा चिन्ता उत्पन्‍न गराएको छ । पूर्व साइबर सेक्युरिटी प्रमुख डा. गुलसन राईले भने, "हुवावेको ५ जी प्रविधिबाट म निकै चिन्‍तित बनेको छु ।

    किनभने यसले व्यक्तिगत जीवनलाई निशाना बनाउने र उनीहरुको निगरानी गर्ने र जासुसीका लागि प्रयोग भइरहेको छ ।" महामारीका कारण अधिकांश मानिसहरु घरबाट काम गरिरहेको अवस्थामा उनीहरुका गतिविधि अवस्था र पछिल्लो समय भारत-चीनबीचको हिंसात्मक झडपपछि चीनले व्यक्तिले गर्ने क्रियाकलापमा निगरानी बढाउने राईले बताए ।

    गत जूनमा भारतीय रणनीतिक क्षेत्रमा दशौं हजारपटक साइबर आक्रमण भएका छन् । भारतीय सुरक्षा क्षेत्र, बैंकिङ र अन्य मुख्य रणनीतिक क्षेत्रमा यस्ता आक्रमणले निशाना बनाएका कारण उनीहरुले ह्याक हुन नदिन उच्‍चतम प्रविधिको प्रयोग गरिनुपर्ने बताइएको छ ।

    त्यसैगरी चीनले केही गलत सूचनाहरुलाई भारतका लागि प्रायोजन गरेकोसमेत डा. राईले बताएका छन् । भारतले चिनियाँ एप्सहरुमा प्रतिबन्ध लगाउनु उयुक्त भएको उल्लेख गर्दै अब तथ्यांको मापदण्ड निर्धारण गर्ने नीति ल्याउनुपर्ने र उल्लंघन गर्नेलाई कारबाही गरिनुपर्ने उनले बताएका छन् ।

    यसअघि मेरिकी दूरसञ्चार कम्पनीहरूलाई ‘५-जी’ उपकरण बेच्न प्रतिबन्ध लागेपछि चिनियाँ कम्पनी हुवावेले भारतमा आक्रामक बजार विस्तार गरेको थियो । केही मुलुकहरुले सुरक्षा चुनौती देखाउँदै खेदेका थिए ।

    त्यसैले भारतसँगको सम्भावित सम्झौता ५-जी विस्तारका लागि हुवावेलाई विशेष महत्त्वको हुन सक्ने बताइएको थियो । पछिल्लो समय अस्ट्रेलियामा पनि प्रतिबन्ध खेपेको हुवावेमाथि अन्य देशले पनि प्रतिबन्ध लगाउनेबारे सोचिरहेका बेला भारतले यसलाई अंगालेको थियो ।

    चीनले हुवावेका उपकरणको सहयोगमा जासुसी गर्ने गरेको अमेरिकाको आरोप थियो । चीनले सन् २०१९ मा ५ जी नेटवर्कको सुरुआत गरेको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १३ २०७९०१:३५:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend