काठमाडौ – चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानमा आवद्ध प्रदर्शनकारीलाई काठमाडौंको भाटभटेनीबाट पक्राउ गरिएको छ ।
आईतबार साँझ करीब ५ बजे अभियानका संयोजक विनय यादवसहित करीब २ दर्जन कार्यकर्तालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
अभियानका संयोजक यादवले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई इङ्गित गर्दै चीनले नेपाली राजनैतिक दलमा हस्तक्षेप गर्ने गरेको, नेपाली भूमि मिचेको र सगरमाथामाथि गिद्धेदृष्टि लगाएकाले आफूहरू प्रदर्शनमा उत्रिन बाध्य भएको बताए ।
प्रदर्शनको क्रममा ‘चिनियाँ हस्तक्षेप बन्द गर’, ‘नेपाली राजनैतिक दललाई स्वतन्त्रता देउ’, ‘मिचेको भूमि फिर्ता गर’ र सगरमाथामाथि गिद्धेदृष्टि नगाउ लगायत नाराहरू लगाइएको थियो ।
अभियानले यसअघि पनि चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन गर्दै आएको छ ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।