आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मुख्यमन्त्री शेरधन राईको लफडाले प्रदेशसभा बैठकमा यस्तो अचम्मको दृश्य !

मुख्यमन्त्री शेरधन राईको लफडाले प्रदेशसभा बैठकमा यस्तो अचम्मको दृश्य !

  • मिडिया डबली
  • बुधवार, माघ ७ २०७७

  • 11.0K
    SHARES

  • मुख्यमन्त्री शेरधन राईको लफडाले प्रदेशसभा बैठकमा यस्तो अचम्मको दृश्य !

    काठमाडौं – १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेपछि लफडा मच्चिएको छ ।

    नेकपा विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल पक्ष एकअर्कालाई निषेध गर्ने अवस्थामा पुगेका छन् । मुख्यमन्त्री राईलाई हटाउन प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव नै दर्ता गराएको छ ।

    मुख्यमन्त्री राईको लफडाले बुधबार बसेको प्रदेशसभा बैठकमा समेत अचम्मको दृश्य देखिएको छ । १ नम्बर प्रदेशको हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेट मात्रै बसेर स्थगित भएको छ ।

    प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको छ । पत्र पढ्नुअघि राष्ट्रिय गान बजाइएको थियो ।

    प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुखले बैठक स्थगित भएको सूचना दिएका छन् ।

    नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएका कारण कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरूलाई अधिवेशनको पहिलो बैठकमा बोल्न नदिने निर्णय गरेको थियो । तर विगतमा प्रदेशसभा अधिवेशन शुरू भएको दिन सम्बोधन गर्न दलका नेताहरूलाई समय दिने परम्परा रहेको छ ।

    नेकपाभित्रको विवादका कारण संसदमा चल्दै आएको परम्परा समेत अवरुद्ध भएको छ भने संसद बैठक ३ मिनेटमा स्थगित हुनुपरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend