काठमाडौं - प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालहरू सडक आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्री केपी ओली निकट नेता गोकुल बास्कोटाले शुभकामना दिएका छन् ।
उनले ओली नेतृत्वको नेकपालाई भने चुनावको तयारीमा लाग्न भनेका छन् । बास्कोटाले शुक्रबार सामाजिक सञ्जालमार्फत आगामी चुनावमा एक सय २१ सिट जित्ने दाबी पनि गरेका छन् ।
‘सडक तताउनेलाई सडककै शुभकामना । ओली नेतृत्वको नेकपाका साथीहरु चै मिसन हन्ड्रेड २१ को तयारीमा विना अल्मल सामेल बनौंं,’ बास्कोटाले लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।