काठमाडौं – लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपामा आफ्नो बहुमत देखाउन गरेका ‘जालझेल’ उदांग भएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री ओलीले थाहै नदिई नेकपाका केन्द्रीय सदस्य बनाइएका कतिपयले पद अस्वीकार गरेबाट उनको वास्तविकता प्रकट भएको कटाक्ष साहित्यकार संग्रौलाले गरेका हुन्।
‘बरु मर्छु, ब्रह्मनाल पुगुुन्जेल नै सत्ताको गद्दा छाड्दिनँ भनेझैँ गरी ओलीले भेडाबाख्रासरी केन्द्रीय समितिमा भर्ती गरेकामध्ये थोरै मात्र पनि सत्त्व र स्वाभिमानको चेत भएकाहरू ओलीको जुवामुनि बस्न अस्वीकार गरिराछन्,’ संग्रौलाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दखियो त ओली सरको जाली र झेली बहुमतको नाटक ! तोइट्, कमरेड १’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।