सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

खगेन्द्र संग्रौलाको प्रश्न : ‘निःशुल्क कोरोना खोपको गफ चुला–चुलामा ग्यासजस्तै पो हो कि !’

खगेन्द्र संग्रौलाको प्रश्न : ‘निःशुल्क कोरोना खोपको गफ चुला–चुलामा ग्यासजस्तै पो हो कि !’

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 6.1K
    SHARES

  • खगेन्द्र संग्रौलाको प्रश्न : ‘निःशुल्क कोरोना खोपको गफ चुला–चुलामा ग्यासजस्तै पो हो कि !’

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले नेपालीलाई कोरोना विरुद्धको खोप निःशुल्क लगाइने दाबी गर्दै आएका छन् । तर खोप कहाँबाट आउने, कहिले आउने कुनै पत्तो छैन ।

    कम्युनिस्ट मन्त्रीको यस्तो पारा देखेर लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रश्न गरेका छन् ।

    उनले निःशुल्क खोपको गफ चुला–चुलामा ग्यासजस्तै पो हो कि भनेर प्रश्न गरेका छन् । यसअघि प्रधानमन्त्री ओलीले चुलाचुलामा ग्यासको पाइपलाइन पुर्‍याउने गफ दिए पनि पूरा हुन सकेको छैन ।

    संग्रौलाले लेखेका छन्, ‘ओली सरकारले कोरोना परीक्षणमा लत्तो छाड्यो, मृत्युदर बढ्या–बढ्यै छ । सरकार सबलाई निःशुल्क खोपको गफ दिराछ, तर –
    – खोप भण्डारण प्रबन्धको वास्ता छैन
    – खोप काँबाट ल्याउने हो, पत्तो छैन
    – खोप माग्ने मात्र कि किन्ने पनि, था छैन ।
    निःशुल्क खोपको गफ चुला–चुलामा ग्यासजस्तै पो हो कि !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend