काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद चर्किंदै गएका बेला सामाजिक सञ्जालमा समेत प्रतिक्रिया व्यक्त भइरहेका छन् ।
प्रधानमन्त्री ओली पक्षीय नेताहरूले प्रधानमन्त्री हुन आमनिर्वाचन जित्नुपर्ने र अध्यक्ष हुन महाधिवेशनमा लड्नुपर्ने भनेर नेताहरूलाई विधि सम्झाउने गरेको स्मरण गर्दै लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले पनि प्रचण्ड पक्षलाई विधि सिकाएका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘ओली भन्छन् – अध्यक्ष बन्न मनलागे महाधिवेशनमा जित, प्रधानमन्त्री बन्न मनलागे आम निर्वाचनमा जित । कुरो ठीकै त हो । ओली इतर गुटलाई ओलीको कुशासन, भ्रष्टाचार र अहंकार मन पर्न छाड्या भए यिनलाई संसदबाट बहुमतले मिल्काए भैगो नि ! यो पो विधिको सही बाटो हो । बन्द कोठामा किन किचकिच ?’
ओलीलाई प्रधानमन्त्रीबाट हटाउने भए बन्द कोठामा किचकिच गर्नुभन्दा संसदमा बहुमतबाट हटाउन लेखक संग्रौलाले चुनौती दिएका छन् । प्रचण्ड पक्ष भने प्रधानमन्त्रीबाट हटाउने विधिभन्दा पनि पार्टी बैठकमै अल्झेर बसेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।