काठमाडौं – लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा रहिरहने औचित्य सकिएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै विश्लेषक संग्रौलाले राष्ट्रपति र प्रधानमन्त्रीका कुकर्मले संवैधानिक–नैतिक औचित्य सकिएको टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘राष्ट्रपति र प्रधानमन्त्रीलाई पदमा रहिरहन तिमी दुईको संवैधानिक–नैतिक औचित्य तिम्रै कुकर्मले गर्दा ध्वस्त भयो, पदबाट हटिहाल भन्ने थुप्रै निवेदन सुनियो । मान्यवर, विधि मिलाएर पदच्यूत नगरे मति र प्रवृत्ति हेर्दा यी दुवै जीवले यी पद घिसारेर ब्रह्मनालै पुर्याउने छाँट पो देख्छु म त !’
संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएको भोलिपल्टै पार्टीको स्थायी कमिटी निर्णयबाट फिर्ता लिने सहमति भएपछि संग्रौलाको यस्तो टिप्पणी आएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत अध्यादेश फिर्ता हुनुपर्ने माग गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।