काठमाडौं – लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले संसदको विशेष अधिवेशन माग गर्ने हस्ताक्षर बोकेर शितलनिवास पुगेका नेकपा नेताहरू भीम रावल र पम्फा भुसाललाई प्रश्न गरेका छन् ।
बुधबार शितलनिवास पुगेका दुवै नेताहरू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आदेशपछि दर्ता नम्बर नलिई रित्तै फिर्ता भएका थिए ।
विश्लेषक संग्रौलाले ट्विटरमा लेखेका छन्, ‘क्रान्ति नै गरूँला झैँ गरी थुप्रो सांसदको सहीछाप बोकेर विशेष अधिवेशन माग्न शीतल निवास पुगेका भीम रावल र फम्फा भुसाल ४ घण्टा कुरेर ङिच्च हाँस्दै खाली हात फर्केछन् । दुई छटेल सौदावाजको तुच्छ स्वार्थ मिलेपछि संविधानमाथि छुरी धस्ने ओलीको दुष्कर्म स्वतः माफ भो, हैन्त भीम–पम्फा ?’
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच अध्यादेश फिर्ता लिने सहमति भएपछि नेता रावल र भुसाल शितलनिवासबाट फर्किएका थिए । यसैतर्फ संकेत गर्दै संग्रौलाले प्रश्न गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।