आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बिचौलियाको सरकारले किसानको आँशु देखेन : नेविसंघ

बिचौलियाको सरकारले किसानको आँशु देखेन : नेविसंघ

  • मिडिया डबली
  • मंगलवार, मंसिर ३० २०७७

  • 6.3K
    SHARES

  • बिचौलियाको सरकारले किसानको आँशु देखेन : नेविसंघ

    काठमाडौं - मिल मालिकले वर्षाैँ देखिको भुक्तानि नदिएपछि यति बेला उखु किसान काठमाडौंमा आन्दोलित छन्। सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माइतीघरमा आन्दोलन गर्ने किसान नभई बिचौलिया भएको गैरजिम्मेवारी अभिव्यक्ति दिएर किसानको पिडामा नुन छर्किने काम गरिरहेका छन्।

    सरकारको तबरबाट मिल मालिकसँग अघिल्लो वर्षकै जसरी सम्झौता गराएर आन्दोलन तुहाउने काम बाहेक अरु कुनै प्रयास भएको छैन। यसरी पिडामा परेका किसानहरुलाई साथ दिन आज नेपाल विद्यार्थी संघको टोली माइतीघर पुगेर उनीहरुको मागप्रति ऐक्यवद्धता व्यक्त गरे।

    नेविसंघले किसानले पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउन सरकाले पहलकदमी गर्नुको साथै अभिभावकत्व निभाउनुपर्ने बताएको छ। किसानको माग सम्बोधन नगरे नेविसंघले देशभर आन्दोलन गर्ने नेविसंघका महामन्त्री दिपक भट्टराईले बताए। ‘किसान बिचौलियाबाट ठगिएका छन्। सरकार बिचौलियाले संचालन गरिरहेका छन्।

    किसानको आशु नदेख्ने अन्धों सरकारका कारण यो मुलुक थप संकटमा पर्ने खतरा बढेको छ,’ भट्टराईले भने, ‘सरकारले किसानको माग सम्बोधन नगरे नेविसंघले देशैभरी सरकारविरोधी आन्दोलन चर्काउँछ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend