काठमाडौं – विप्लव समुहले हत्या गरेका सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नलाई तत्काल खोजी गरी कारवाही गर्न नेपाल विद्यार्थी सङ्घले माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले विहीबार एक विज्ञप्ति जारी गरी प्रधानाध्यापक श्रेष्ठका हत्यामा संलग्नलाई तत्काल खोजी गरी कडा कारवाही गर्न माग गरे । नेविसङ्घले विप्लब समूहलाई हिंसात्मक राजनीतिको बाटो परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत आग्रह गरेको छ
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।