असहिष्णुताको हद यतिसम्म कि कसैले जति गरे पनि केही नहुने । कसैले केही नगर्दा पनि सेकिनु पर्ने । यस्तो नियति नेकपा नेताहरुको प्रेस संयोजन गर्ने मानिसहरुले भोगिरहेका छन् ।
अध्यक्ष प्रचण्डलाई युद्ध अपराधीझैँ चित्रित गरी फेसबुकमा लेख्ने प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कारवाही गर्नुपर्ने माग गत शनिबारको सचिवालय बैठकमा उठ्यो ।
०७४ को निर्वाचनताका बर्दियामा उपाध्यक्ष वामदेव गौतमलाई हराउन मतियारी गरेको उजुरी धुम्बाराहीमा दर्ज भएको थियो । तर, उक्त उजुरीउपर अहिलेसम्म कुनै कारवाही नभएको भनी शनिबारको बैठकमा वामदेवले कुरा उठाउनुभयो ।
र, त्यसको जवाफमा सूर्यले सामाजिक सञ्जालमा वामदेवको एउटा फोटो हालेर ‘को कस्तो ? तस्वीर काफी छ’ भनी स्ट्याटस लेखे । तर, प्रचण्डको तुलनामा स्वयं केपी ओली कति असहिष्णु हुनुहुन्छ भन्ने कुराको एउटा दृष्टान्त छ । ज
तिबेला पार्टी एकताको कुरा चलिरहेको थियो र शेरबहादुर देउवा नेतृत्वको सरकार थियो, प्रचण्डको सचिवालयका ९ जना सदस्यले आपसमा केही कुरा शेयर गर्न एउटा फेसबुक म्यासेञ्जर गु्रप बनाए ।
पछि त्यसमा केही मानिस थपिए । व्यक्तिगत कुराकानी शेयर गर्ने क्रममा प्रचण्ड सचिवालयमा प्रेस विज्ञ रहेका मनहरि तिमल्सिनाले लेखेका थिए, ‘ओली खासमा राष्ट्रवादी हैनन् । यिनी पहिला पनि दिल्लीनिकट हुन् ।’
यो कुरा वास्तवमा सूर्य थापाले अभिव्यक्त गरेका भन्दा निक्कै कमका हुन् । तर, केपी यति रिसाउनुभयो कि, मनहरिलाई सचिवालयबाट हटाइहाल्नुपर्ने अत्तो थाप्नुभयो । प्रचण्डले हटाउने वा नहटाउनेबारे केही भन्नुभएन ।
तर, एकतामा आफ्नो नेतालाई अप्ठेरोमा पार्नुहुँदैन भनेर मनहरिले सो भूमिकाबाट अलग्गिने निर्णय लिए । वास्तविकता कस्तो थियो भने, काम गर्ने टीमभित्रैको कोही मान्छेले मनहरिले लेखेको कुराको स्क्रिट सट गरे ।
कतैबाट त्यो स्क्रिनसट बालकोट पुग्यो र त्यही आधारमा उनलाई कारवाही गर्न केपीबाट जोडदार माग भयो । त्यतिबेला केपी रिसाउनु र अहिले केपीले अरु नेताविरुद्ध आफ्नो सचिवालयले नपुगेर मुख्यमन्त्री, मन्त्रीसम्मका मान्छेलाई लेख्न लगाउनुले उहाँको असहिष्णुता प्रकट हुन्छ भनिन्छ ।
होइन, उहाँले लगाएर ती कुरा लेखिएका थिएनन् भने कारवाही त गर्नुपथ्र्यो । तर, त्यस्ता मानिसहरु झन्–झन् प्रोत्साहित भइरहेका छन् । बरु, प्रचण्ड–माधवका विरुद्ध जसले सामाजिक सञ्जालमा बढी लेखे, तिनले भटाभट सरकारी नियुक्ति पाइरहेका छन् । जनआस्था
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।