काठमाडौँ – सरकारले चिनियाँ रक्षा मन्त्री वेई फेङ्वे नेपालको एक दिने भ्रमणमा आउने औपचारिक जानकारी उनको आगमनको एकदिन पहिले दिएको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकालेर चिनियाँ रक्षा मन्त्री वेई आइतबार एक दिने भ्रमणका लागि नेपाल आउने औपचारिक जानकारी दिएको हो ।
आइतबार बिहान काठमाडौँ आउने वेईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । यस्तै उनले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सेनाले हेडक्वाटरमा वेईलाई गार्ड अफ अनर पनि प्रदान गर्ने छ । चिनियाँ रक्षा मन्त्री वेई आइतबार बेलुका नै काठमाडौँबाट उड्ने छन् । पछिल्लो समय दुई छिमेकी देश भारत र चीनबाट नेपालमा लगातार उच्चस्तरीय भ्रमण भएका छन्। दुई दिने औपचारिक भ्रमण सकेर भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गला शुक्रबार स्वदेश फर्किएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।