काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गुटउपगुटमा विभाजन भएको कांग्रेसलाई अब आफुदे सिंगो बनाउँने घोषणा गरेका छन् ।
नवलपुरको देवचुली नगरपालिकामा एक शोकसभामा बोल्दै महामन्त्री कोइरालाले गुटउपगुटमा विभाजित कांग्रेसलाई आफु सिंगो बनाउँने योजनामा लागेको बताएका हुन् ।
डा. कोइरालाले नेपाली कांग्रेसको आधार भनेको नै संस्कार हो भन्दै विगतमा पार्टीमा संस्कार र पारिवारिक वातावरण रहेको तर अहिले कांग्रेसमा संस्कारयुक्त संस्कृति हराउदै गएको गुनासो गरेका छन् ।
उनले बिपिले सोचेको र कल्पना गरेको अभियान आफू जुटेको दावि गर्दै सबैलाइ एक जुट भएर सिङ्गो कोग्रेस बनाउने अभियानमा लाग्न सवैलाई आग्रह गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।