काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले सांसद मोहनप्रसाद पाण्डेलाई शपथ खुवाएका छन् । समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।
सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको सांसद पदमा कांग्रेसले पाण्डेलाई पठाएको हो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको थियो ।
आयोगको पत्र प्राप्त भएपछि पाण्डेलाई शपथग्रहण गराइएको हो । गत १७ कात्तिकमा सांसद केसीको निधन भएपछि पद खाली थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।